काठमाडौं– आज बुधबार देशका केही ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ। अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ।
बुधबार दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भई बहने नदीहरूमा पनि बहाव बढ्नेछ।
केही नदीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ। उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।