बर्दिबास– महोत्तरीको बर्दिबास नगरपालिकास्थित जंगलमा हरिणको आक्रमणमा परी १ वृद्धाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिए।
डीएसपी विष्टका अनुसार ८० वर्षीया विश्वकर्मा सोमबार साँझ घर नजिकैको जंगलमा रहेको बाँसको झ्याङमा बस्न गएकी थिइन्। बाँसको झ्याङमा नै हरिणले आक्रमण गर्दा उनको भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।