काठमाडौं– ट्राफिक प्रहरीले सोमबार एकैदिन दुई हजार ४४९ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरि चलाएका ९८, लेन अनुशासन पालना नगर्ने ५९, ट्राफिक बत्ती उल्लंघन गर्ने ७५ रहेका छन्।
यसैगरी, नम्बर प्लेट मेटिएका, छोपिएकालगायतका ३५ र अन्य २,१८२ गरि २,४४९ सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अघिल्लो दिन आइतबार २,७६७ सवारी चालक कारबाहीमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।