काठमाडौं– गृह मन्त्रालये नागरिकताको प्रमाणपत्रमा अपमानजनक नामहरु नराख्न निर्देशन दिएको छ। सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले नागरिकतामा अपमानजनक नाम उल्लेख नगर्न दिर्नेशन दिएको हो।
त्यस्तै यसअघि जारी भएका नागरिकतामा अपमानजनक नाम राखेकाले सच्याउन भन्दै निवेदन दिएमा नाम सच्याउन समेत गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।
अपमानजनक नाम राखेर नागरिकता जारी भएको विषयमा समाचार सार्वजनिक भएपछि गृहले यस्तो निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।