काठमाडौं– हलिउड अभिनेता टम क्रुजको अभिनय रहेको फिल्म ‘टपगनः माभेरिक’ले बक्स अफिसमा ‘टाइटानिक’को कमाईलाई उछिनेको छ। फिल्मले अमेरिकी बक्सअफिसमा ‘टाइटानिक’ले गरेको कमाईलाई पछि पारेको हो।
सञ्चारमाध्यमका अनुसार क्रुजको फिल्मले अमेरिकी बक्सअफिसमा हालसम्म ६६२ मिलियन अमेरिकी डलर बराबरको कमाइ गरेको छ। यो सँगै घरेलु बक्स अफिसमा सर्वाधिक कमाई गर्ने फिल्महरुको सुचिमा ‘टपगनः माभेरिक’ सातौं स्थानमा पुगेको छ।
सँगै फिल्मले प्यारामाउन्ट स्टुडियोको ११० वर्षे इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म ‘टाइटानिक’लाई पनि पछि पारेको छ। त्यस्तै फिल्मले अन्तर्राष्ट्रिय बक्स अफिसमा १.५ बिलियन अमेरिकी डलर कमाइ गरको छ भने घरेलु र विश्व भरको प्रदर्शनबाट फिल्मले २.२ बिलियन अमेरिकी डलरको आम्दानी गरेको छ।
१९८६ मा आएको फिल्म ‘टपगन’को सिक्वेलको रुपमा बनेको यो फिल्म मे २७ मा प्रदर्शनमा आएको थियो। फिल्मलाई जोसेप कोसिन्स्कीले निर्देशन गरेका हुन्।
१७० मिलियन अमेरिकी डलरको लगानीमा बनेको फिल्मको कमाइ भने त्योभन्दा कैयौं गुणा धेरै भएको छ। हालसम्म ‘विश्वव्यापी’ प्रदर्शन भइरहेको फिल्म रसिया र चीनमा भने प्रदर्शन हुन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।