काठमाडौं– मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक सार्वजनिक गरेको छ। गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो।
पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई ८ पुस्तकको नाम उपलब्ध गराएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।
छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई २०७८ सालको मदन पुरस्कार दिइनेछ। पुरस्कार राशी चार लाख रूपैयाँ रहेको छ।
यी हुन् छनोटमा परेका ८ पुस्तक :
अग्नि– डा. नवराज लम्साल
ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी 'किशोर'
महाभारा– बसन्त बस्नेत
यादको सन्दुक– दिपा मेवाहाङ राई
लिच्छवि लिपि– डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश –प्रा. नीलमणि ढुङ्गाना
सती : इतिहास र मीमांसा– सुजित मैनाली
हिति प्रणाली– पद्मसुन्दर जोशी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।