दाङ- करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका ४ का २६ वर्षीय कृष्णबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए। उनी कामको सिलसिलामा दाङ आएका थिए।
विकलाई दंगिशरण गाउँपालिकाको बागरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्नेक्रममा आइतबार दिउँसो करेन्ट लागेको प्रहरी प्रमुख काफ्लेले बताए।
करेन्ट लागेर गम्भीर घाइते विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा बेलुका ६ बजेतिर निधन भएको प्रहरीले जनाएको छ। शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।