काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अस्वस्थ बनेका छन्।
गएरातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आज आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका छन्।
केही दिनका लागि उनीसँगको भेटघाट बन्द गरिएको उपसभापति खड्काका स्वकीय सचिव गौतम बिसीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।