काठमाडौं–यही साउन २२ गते (७ अगष्ट २०२२) का दिन अत्यधिक मात्रामा अप्वाइन्टमेन्ट डेट खुलेपछि राहदानी विभागले ती अप्वाइन्टमेन्टलाई २३ र २४ साउनमा समेत हुने गरी व्यवस्था गरेको छ।
विभागको सर्भरमा देखिएको प्राविधिक त्रुटिका कारण उक्त दिन अत्यधिकमात्रामा अप्वाइन्टमेन्ट खुलेपछि व्यवस्थापनमा समस्या भएको हो।
विभागले आवेदन फारममा उल्लेख भएको अप्वाइन्टमेन्टहरु ००ः००, ००ः३०, १ः३०, २ः००, २ः३०, ३ः००, ३ः३०, ४ः०० र ४ः३० लाई आइतबार व्यवस्थापन गरेको छ।
यस्तै, ७ अगष्टमै भएका अप्वाइन्टमेन्टहरु ५ः००, ५ः३०, ६ः००, ६ः३०, ७ः००, ७ः३०, ८ः००, ८ः३०, ९ः०० र ९ः३० भएकालाई सोमबार व्यवस्थापन गरिएको छ भने १०ः००, १०ः३०, ११ः००, ११ः३०, १२ः००, १२ः३०, १३ः००, १२ः३०, १४ः०० र १४ः३० लाई मंगलबार व्यवस्थापन गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।