कैलाली– कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिका खोलामा मृत फेला परेकी छन्।
चायाभावर बस्ने सन्तोश जोल्नी मगरको सात वर्षीया छोरी तिल्सरीको शव शुक्रबार खोलामा भेटिएको हो।
आफन्तका अनुसार बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला भेटिएको छ।
उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका छन् भने आमा पन्चकला रोजगारीको सिलसिलामा भारत गएकी छन्। उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।