काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न सरकारले १० सदस्यीय विज्ञ समूह गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्मा पेस गरेको प्रस्ताव अनुसार निजगढमै विमानस्थल बनाउन विज्ञ समूह गठन गरिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठित विज्ञ समूहमा पूर्वसचिव रामेश्वर खनाल, सूर्यराज आचार्यसहित वन तथा वातावरण विज्ञ, समाजशास्त्रीलगायत प्रतिनिधि रहेका छन्। विज्ञ समूहलाई ३० दिनभित्र अध्ययन सकेर प्रतिवेदन बुझाउने समय दिइएको छ।
केही समय अगाडि मात्रै सर्वोच्च अदालतको पूर्ण इजालासबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अहिलेसम्म गरिएका सबै निर्णय बदर गर्दै विमानस्थल बनाउनै पर्ने भए विज्ञ समूहबाट अध्ययन गराएर मात्रै प्रक्रिया थालनी गर्न भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।