काठमाडौं– गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को चौथो सिजनको घोषणा भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनकाबीच कार्यक्रमको चौथो सिजनको घोषणा भएको हो। कार्यक्रममा पहिले रहेका कोचहरुमा पनि परिवर्तन गरिएको छ।
भदौ महिनाबाट प्रसारणको तयारीसहित काम भइरहेको चौथो सिजनका लागि दुई नयाँ कोच छानिएका छन्। यसअघि कोच रहेका गायक दीप श्रेष्ठ तथा तृष्णा गुरुङ चौथो सिजनमा नदेखिने भएका हुन्। उनीहरुको ठाउँमा गायक राजेशपायल राई तथा गायिका प्रविशा अधिकारीको प्रवेश भएको छ।
यसअघि कोच प्रमोद खरेल र राजु लामाले भने यो सिजनमा पनि निरन्तरता पाउनेछन्। तेस्रो सिजनसम्म कोचको रुपमा रहेका गायक दीप श्रेष्ठ तथा तेस्रो सिजनमा कोचको रुपमा देखिएकी तृष्णा यस सिजनमा नदेखिने भएका हुन्।
कार्यक्रममा हालसम्म डिजिटल अडिसन दिएका ४१ हजार जना आवेदनकर्तामध्येबाट १२० जनालाई ब्लाइन्ड अडिसनमा ल्याईने छ। ब्लाइण्ड अडिसनबाट छानिएका ६४ जनाले ब्याटल राउण्डमा भाग लिन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।