कैलाली- नेपाल आयल निगमको इन्धन बोकेको ट्यांकर कैलालीको अत्तरिया सडक खण्डमा दुर्घटना भएको छ।
शनिबार अबेर राति पहाडबाट अत्तरिया आउँदै गरेको ना४ख २६४० नम्बरको ट्यांकर तिब्र गतिमा सवार हुँदा सडकमै पल्टिएको हो।
दुर्घटनामा ट्यांकरले ठक्कर दिँदा झन्डै आधा दर्जन छाडा पशु चौपाया मरेका छन्। त्यस्तै बिजुलीका पोलहरु ढल्दा विद्युत सेवा पनि अवरुद्ध भएको थियो। ट्यांकर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।