• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नागरिकता संशोधन विधेयक पारित भएकोमा एनआरएनएका संस्थापकहरुले गरे स्वागत 

64x64
नेपाल लाइभ शनिबार, साउन १४, २०७९  २२:०७
1140x725
नरेश कोइराला, उपेन्द्र महतो र रामप्रताप थापा

काठमाडाैं-गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापकहरुले नेपालको संसदका दुवै सदनले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने गरी 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' पारित गरेकोमा स्वागत गरेका छन्।

नेपाल लाइभसँग कुरा गर्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने गरी नयाँ कानून आउनु उपलब्धिमूलक रहेको बताए।  ‘यो आफैमा पुरा होइन, त्यसैले कुनै पनि बन्देजविनाको गैरआवासीय नेपाली नागरिकताको निरन्तरताका लागि हाम्रो अभियान जारी रहनेछ,' उनले भने। 

संस्थापक अध्यक्ष डा. महतोले जर्मनी, जापानजस्ता दोहोरो नागरिकता नदिने मुलुकमा रहेका गैरआवासीय नेपालीहरुलाई पनि सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको  'पिपल अफ नेपाली अरिजिन' (पिएनओ) कार्ड दिनु पर्ने बताए।  ‘घर बनेको छ।  अब बगैंचाभित्र कस्ता फूलहरु रोप्ने भन्ने हामीले नै छनोट गर्ने कुरा हो। अब सबै एनआरएनहरुले मातृभूमिका लागि बोलेर हैन, गरेर देखाउने बेला आएको छ ,’ उनले भने।

गैरआवासीय नेपाली नागरिकताले हाम्रो इज्जत बढाएको छ’

यसैगरी, संघका एक जना संस्थापक तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका पूर्व संयोजक तथा पूर्व संरक्षक रामप्रताप थापाले पनि संसद्को दुवै सदनबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा त्यसको स्वागत गरे।  

Ncell 2
Ncell 2
nimb
nimb

'नेपालको संविधान २०७२ मा गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता दिने भनेर राखेको प्रावधानले हाम्रो इज्जत बढाएको छ।  ढिलै भए पनि उक्त प्रावधान कार्यान्वयन हुन लागेकोमा खुसी लागेको छ,' उनले भने।  ‘यसले एनआरएनहरुको नेपालमा रहेको सम्पत्तिको रक्षा हुन्छ र नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ, अब नागरिकता सँगसँगै सरकारले राहदानी (पासपोर्ट) पनि दिनु पर्छ ।‘

‘हामीले माग गरेको त नेपाली नागरिकताको निरन्तरता नै हो, तर कानून अनुसार प्राप्त हुने कुरा उपभोग गर्दै जानु पर्छ र थप अधिकारका लागि लबी गर्नु पर्छ,' थापाले भने।  

यसैगरी, संघका संस्थापकमध्ये एक नरेश कोइरालाले झन्डै दुइ दशकको प्रयासपछि कानूनी रुपमा गैरआवासीय नेपालीहरुलाई नागरिकतासम्बन्धी अधिकार प्राप्त भएकोमा खुसी व्यक्त गरे। 'सैद्धान्तिक रुपमा यत्रो वर्षको मेहनतपछि जुन अधिकार प्राप्त भएको छ, सन्तोष लिने आधार छ।  तर एनआरएनहरुलाई राजनीतिक अधिकार नदिइनुचाहिँ निराशाजनक छ,' उनले भने। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हाल क्यानाडामा बसोबास गर्ने वरिष्ठ इन्जिनियर कोइराला एनआरएनहरुलाई नेपालको समग्र विकासमा सहभागी गराउने हो भने राजनीतिक अधिकार पनि दिनु पर्ने बताउँछन्।  'नेपालसँग एनआरएनहरुको सम्बन्ध बलियो बनाउन एउटा नियमनकारी संयन्त्र पनि बनाउनु पर्छ,' उनले भने।  

सन् २००३ मा स्थापना भएदेखि नै गैरआवासीय नेपाली संघले नेपाली नागरिकताको निरन्तरता भन्दै विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि दोहोरो नागरिकताको माग गर्दै आएको थियो।  तर नेपालको भूराजनीतिक संवेदनशीलताका कारण दोहोरो नागरिकता दिन सम्भव नहुने नेपाली नेताहरुले बताएपछि सन् २०१५ मा जारी नेपालको संविधानमा पहिलो पटक गैरआवासीय नेपालीहरुका लागि नागरिकताको प्रावधान राखिएको थियो। त्यसको झन्डै सात वर्ष पछि मात्रै उक्त प्रावधान कार्यान्वयनमा आउन लागेको छ। 

प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट पारित भैसकेकाे उक्त विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण भएपछि कानून बन्ने छ।
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  २२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र मन्त्रालयले भूमि व्यवस्था,सहकारी,संघीयता मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्