फाइल तस्बिर
काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस संक्रमण भएको छ।
शनिबार बिहान परीक्षण गर्दा कोइरालामा संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। उनका अनुसार नेता कोइरालालाई शनिबार बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र बान्ता भएको थियो।
अहिले कोइरालाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालमा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।