काठमाडौं–नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा जयेन्द्र बज्राचार्यले जानकारी दिए।
‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ', डा बज्राचार्यले भने, ‘अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ।' अस्पतालका डा पंकज वर्मन नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ। नेता गिरीलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।