कैलाली– कैलालीको पथरैया नदीमा रहेको मगर गोहीले स्थानीयको बाख्रा खाएको छ। गोहीले शनिबार बिहान टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोलका सिद्धप्रसाद ढुङ्गानाको बाख्रा खाएको हो।
पथरैया नदी किनारमा चरिरहेको बाख्रालाई नदीबाट आएको गोहीले समाएर नदीमा लगेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले जानकारी दिए।
यसअघि पनि २०७५ सालतिर पथरैया र काडा नदीमा बाख्रा र खसीलाई गोहीले खाएको थियो। यो क्षेत्रमा मगर र घडीयाल गरी २ प्रकारका गोही पाइने गरेका छन्। मगर गोही आक्रामक हुनुका साथै जनावरसहित मान्छेलाई पनि खाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।