काठमाडौं– प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। स्वर्गद्वारीबाट फर्किँदै गरेको लु ३ च ३५३ नम्वरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटना भएको हो।
दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको प्यूठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।
उनका अनुसार जीपमा जम्मा १७ जना सवार थिए। घाइतेमध्ये पनि ९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते सबैलाई भैरहवा रेफर गरिएको प्रजिअ नेपालले जानकारी दिइन्।
जीपमा सबै रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारीतर्फ गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।