काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन्।
दाहाल निवास खुमटारमा भएको भेटवार्तामा उनीहरुबीच नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको थियो। त्यस अवसरमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता जनाएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको उनको भनाइ थियो। भेटमा अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया र विकासमा युरोपेली संघले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।