दाङ–विद्यालयको बसले किच्दा दाङमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका ७ मानपुर उत्तर टोल निवासी भीमसेन थापाकी तीन वर्षीया छोरी पुजा थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
शुक्रबार बेलुका पौने पाँच बजे न्यू मुनराइज इङ्लिस बोर्डिङ स्कूलको ना ६ ख ६४३२ नम्बरको बसबाट झर्ने क्रममा पछाडीको टायरले किच्दा पूजा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ।
पुजालाई किच्ने बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता रिजालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।