• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २८, २०८२ Fri, Nov 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौंका बालबालिकामा फैलिँदै एडिनो भाइरसको संक्रमण

कमला गुरुङ शुक्रबार, साउन १३, २०७९  १९:५२
1140x725

काठमाडौं– काठमाडौंका एक तीन वर्षीय बालकलाई लगातार चार दिनदेखि ज्वरोले सतायो। ज्वरोसँगै उनलाई खोकी लाग्ने, बान्ता आउने समस्या पनि थियो। ज्वरो १०३ डिग्रिसम्म पुगेपछि उनका बुवाले पारासिटामोटल (निको) खुवाए। तर ज्वरो कम नै भएन। 

उनले भने, ‘ज्वरो आउने, खाना खानेबित्तिकै बान्ता गर्ने, खोक्ने समस्या थियो। पारासिटामोल (निको) खुवाएँ। निको खाँदासम्म ज्वरो ठिक हुन्थ्यो अनि फेरि ज्वरो बढी हाल्थ्यो।’

पाँचौ दिनमा उनी छोराको उपचारका लागि एक क्लिनिकमा गए। उनको छोरालाई भाइरल ज्वरो आएको रहेछ। छैठौं दिनदेखि ज्वरो कम हुँदै गएको उनी बताउँछन्। 

उनी मात्र होइन, हाल काठमाडौंमा बालबालिकामा भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ। आफ्ना बालबालिकालाई ज्वरोले सताएको भन्दै अस्पताल तथा निजी क्लिनीकमा पुग्ने अभिभावकको भीड बढ्दो छ। 

चिकित्सकीय भाषामा हाल देखिएको भाइरल ज्वरो ‘एडिनो भाइरस’को संक्रमण हो, जुन काठमाडौंमा फैलन थालेको छ। रुघाखोकी र ज्वरोका लक्षण लिएर आउने बिरामीको संख्या बढेपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। लक्षणका आधारमा पठाइएको १३ वटा नमूनामध्ये १२ जनामा एडिनो भाइरस पुष्टि भएको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जानकारी दिए। १२ जनामध्ये पनि तीन जनामा इन्फ्लुएन्जा ए देखिएको थियो। 

उनले भने, ‘एडिनो भाइरसँग मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामी बढ्न थालेपछि हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएका थियौँ। उहाँहरुले जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाउन भन्नु भयो। लक्षणका आधारमा पठाएको १३ नमूनामध्ये १२ जनामा एडिनो भाइरस पुष्टि भएको हो।’

कान्ति बाल अस्पतालको ओपिडीमा हाल दैनिक नौ सय बिरामीहरु पुग्छन्। जसमध्ये अधिकांशमा भाइरल ज्वरोका बिरामी भएको अस्पतालका निर्देशक डा बसौलाले बताए। ज्वरोसँगै रुघाखोकी, घाँटी दुख्ने, आँखा पाक्ने, शरीर दुख्ने समस्या पनि उनीहरुमा देखिने गरेको छ। १०३/१०४ डिग्रिको ज्वरो लिएर आउने गरेको र सिटामोल खुवाउँदा पनि कम नहुने गरेको उनले बताए। 

उनले भने, ‘एक हप्ता अघिसम्म यो समस्या लिएर आउनेहरु धेरै थिए। ओपिडीमा मात्र एक हजार र इमरजेन्सीमा २÷३ सय बिरामी गरी दैनिक १३ सय सम्म पनि थिए। उनीहरुलाई सिटामोल दिँदा पनि ज्वरो कम भएको थिएन। तर अहिले भने केही घट्न थालेको छ।’

Ncell 2
Ncell 2

हाल विद्यालयहरु बन्द भएका कारण पनि बिरामीहरु कम आउन थालेको हो की भन्ने उनको अनुमान छ। यद्यपि अहिले पनि ओपिडीमा दैनिक नौ सयको हाराहारीमा बिरामीहरु आइरहेका छन्। साउन १० गते ८५६, ११ गते ९०० र १२ गते ७९७ जना बिरामीहरुले ओपिडीमा सेवा लिएका छन्। एक हप्ता अघि ज्वरोका कारण अस्पताल भर्ना हुनेको संख्या ३५ थियो भने अहिले ८/१० जना मात्र भर्ना हुने गरेको उनले बताए। 

कोरोना भाइरससँग मिल्दोजुल्दो भएकाले कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायहरु नै अपनाउन डा बसौलाको सुझाव छ। 

‘यो एडिनो भाइरस हाँच्छ्यु गर्दा, खोक्दा, श्वासप्रश्वासको माध्यमबाट सर्ने हो। त्यसैले कोरोना भाइरसबाट बच्न जसरी हामीले हात धुने, माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने उपाय अनाउँछौ। यो भाइरसबाट पनि यसरी नै बच्ने हो।’ उनले भने। 

के हो एडिनो भाइरस?
यो एडिनो भाइरस एक संक्रामक विषाणु हो। विद्यालय जाने र साना उमेरका बालबालिकाहरुमा यो संक्रमण बढी देखिन्छ। यो संक्रमण ठूला व्यक्तिहरुलाई नहुने भन्ने होइन। तर कुल संक्रमितमध्ये किरब ९० प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाहरु हुने गरेको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा राजकुमार बिक बताउँछन्। 

हाल देखिएको भाइरल ज्वरो एकदमै छिटो सर्ने गरेको उनले बताए। हाँच्छ्यु गर्दा, खोक्दा, संक्रमितको दिसा, पिसाब वा आँखाबाट निस्कने आँशुबाट पनि संक्रमण एकबाट अर्को सर्ने गर्दछ।  

उनका अनुसार एक तिहाई संक्रमित बिरामीमा मात्र लक्षण देखिन्छ। ती लक्षणहरु हुन्:
– ब्रोङिकयोलाइटिस वा निमोनिया हुने
– धेरै ज्वरो आउने, रुघाखोकी लाग्ने
– फोक्सोमा पानी जम्ने तथा दाग देखिने
– घाँटी दुख्ने
– केहीमा आँखा रातो हुने
– झाडापखाला पनि हुन सक्ने
– एक्कासी रातो पिसाब आउने, पिसाब फेर्दा दुख्ने, छिनछिटमा पिसाब लाग्ने आदि।

प्रतिरक्षा शक्ति कमजोर भएका बिरामीमा पहिलो एक दिनमा निमोनिया लगायत कडा संक्रमण देखिन सक्ने उनले बताए। यो संक्रमणबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने उनले बताए। 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
मधुमेहका बिरामीले कस्तो खाना खाने?
आज यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान, यस्तो छ शर्तहरु आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो। शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशानिर्देश गर्छ। माटोको वर्गीकरणमा सुधार गर्दै काठमाण्डौ उपत्यकाको माटोको प्रकार सम्बन्धमा विशेष न... शुक्रबार, कात्तिक २८, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। शुक्रबार, कात्तिक २८, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान, यस्तो छ शर्तहरु शुक्रबार, कात्तिक २८, २०८२
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, विशेष महाधिवेशन पक्षधर युवाले बोलाए भेला शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
मधुमेहका बिरामीले कस्तो खाना खाने? शुक्रबार, कात्तिक २८, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल बिहीबार, कात्तिक २७, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्