• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौंका बालबालिकामा फैलिँदै एडिनो भाइरसको संक्रमण

कमला गुरुङ शुक्रबार, साउन १३, २०७९  १९:५२
1140x725

काठमाडौं– काठमाडौंका एक तीन वर्षीय बालकलाई लगातार चार दिनदेखि ज्वरोले सतायो। ज्वरोसँगै उनलाई खोकी लाग्ने, बान्ता आउने समस्या पनि थियो। ज्वरो १०३ डिग्रिसम्म पुगेपछि उनका बुवाले पारासिटामोटल (निको) खुवाए। तर ज्वरो कम नै भएन। 

उनले भने, ‘ज्वरो आउने, खाना खानेबित्तिकै बान्ता गर्ने, खोक्ने समस्या थियो। पारासिटामोल (निको) खुवाएँ। निको खाँदासम्म ज्वरो ठिक हुन्थ्यो अनि फेरि ज्वरो बढी हाल्थ्यो।’

पाँचौ दिनमा उनी छोराको उपचारका लागि एक क्लिनिकमा गए। उनको छोरालाई भाइरल ज्वरो आएको रहेछ। छैठौं दिनदेखि ज्वरो कम हुँदै गएको उनी बताउँछन्। 

उनी मात्र होइन, हाल काठमाडौंमा बालबालिकामा भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ। आफ्ना बालबालिकालाई ज्वरोले सताएको भन्दै अस्पताल तथा निजी क्लिनीकमा पुग्ने अभिभावकको भीड बढ्दो छ। 

चिकित्सकीय भाषामा हाल देखिएको भाइरल ज्वरो ‘एडिनो भाइरस’को संक्रमण हो, जुन काठमाडौंमा फैलन थालेको छ। रुघाखोकी र ज्वरोका लक्षण लिएर आउने बिरामीको संख्या बढेपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। लक्षणका आधारमा पठाइएको १३ वटा नमूनामध्ये १२ जनामा एडिनो भाइरस पुष्टि भएको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जानकारी दिए। १२ जनामध्ये पनि तीन जनामा इन्फ्लुएन्जा ए देखिएको थियो। 

उनले भने, ‘एडिनो भाइरसँग मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामी बढ्न थालेपछि हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएका थियौँ। उहाँहरुले जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाउन भन्नु भयो। लक्षणका आधारमा पठाएको १३ नमूनामध्ये १२ जनामा एडिनो भाइरस पुष्टि भएको हो।’

कान्ति बाल अस्पतालको ओपिडीमा हाल दैनिक नौ सय बिरामीहरु पुग्छन्। जसमध्ये अधिकांशमा भाइरल ज्वरोका बिरामी भएको अस्पतालका निर्देशक डा बसौलाले बताए। ज्वरोसँगै रुघाखोकी, घाँटी दुख्ने, आँखा पाक्ने, शरीर दुख्ने समस्या पनि उनीहरुमा देखिने गरेको छ। १०३/१०४ डिग्रिको ज्वरो लिएर आउने गरेको र सिटामोल खुवाउँदा पनि कम नहुने गरेको उनले बताए। 

उनले भने, ‘एक हप्ता अघिसम्म यो समस्या लिएर आउनेहरु धेरै थिए। ओपिडीमा मात्र एक हजार र इमरजेन्सीमा २÷३ सय बिरामी गरी दैनिक १३ सय सम्म पनि थिए। उनीहरुलाई सिटामोल दिँदा पनि ज्वरो कम भएको थिएन। तर अहिले भने केही घट्न थालेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

हाल विद्यालयहरु बन्द भएका कारण पनि बिरामीहरु कम आउन थालेको हो की भन्ने उनको अनुमान छ। यद्यपि अहिले पनि ओपिडीमा दैनिक नौ सयको हाराहारीमा बिरामीहरु आइरहेका छन्। साउन १० गते ८५६, ११ गते ९०० र १२ गते ७९७ जना बिरामीहरुले ओपिडीमा सेवा लिएका छन्। एक हप्ता अघि ज्वरोका कारण अस्पताल भर्ना हुनेको संख्या ३५ थियो भने अहिले ८/१० जना मात्र भर्ना हुने गरेको उनले बताए। 

कोरोना भाइरससँग मिल्दोजुल्दो भएकाले कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायहरु नै अपनाउन डा बसौलाको सुझाव छ। 

‘यो एडिनो भाइरस हाँच्छ्यु गर्दा, खोक्दा, श्वासप्रश्वासको माध्यमबाट सर्ने हो। त्यसैले कोरोना भाइरसबाट बच्न जसरी हामीले हात धुने, माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने उपाय अनाउँछौ। यो भाइरसबाट पनि यसरी नै बच्ने हो।’ उनले भने। 

के हो एडिनो भाइरस?
यो एडिनो भाइरस एक संक्रामक विषाणु हो। विद्यालय जाने र साना उमेरका बालबालिकाहरुमा यो संक्रमण बढी देखिन्छ। यो संक्रमण ठूला व्यक्तिहरुलाई नहुने भन्ने होइन। तर कुल संक्रमितमध्ये किरब ९० प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाहरु हुने गरेको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा राजकुमार बिक बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाल देखिएको भाइरल ज्वरो एकदमै छिटो सर्ने गरेको उनले बताए। हाँच्छ्यु गर्दा, खोक्दा, संक्रमितको दिसा, पिसाब वा आँखाबाट निस्कने आँशुबाट पनि संक्रमण एकबाट अर्को सर्ने गर्दछ।  

उनका अनुसार एक तिहाई संक्रमित बिरामीमा मात्र लक्षण देखिन्छ। ती लक्षणहरु हुन्:
– ब्रोङिकयोलाइटिस वा निमोनिया हुने
– धेरै ज्वरो आउने, रुघाखोकी लाग्ने
– फोक्सोमा पानी जम्ने तथा दाग देखिने
– घाँटी दुख्ने
– केहीमा आँखा रातो हुने
– झाडापखाला पनि हुन सक्ने
– एक्कासी रातो पिसाब आउने, पिसाब फेर्दा दुख्ने, छिनछिटमा पिसाब लाग्ने आदि।

प्रतिरक्षा शक्ति कमजोर भएका बिरामीमा पहिलो एक दिनमा निमोनिया लगायत कडा संक्रमण देखिन सक्ने उनले बताए। यो संक्रमणबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने उनले बताए। 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र मन्त्रालयले भूमि व्यवस्था,सहकारी,संघीयता मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्