काठमाडौं–हलिउडका चर्चित निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतिक्षित फिल्म ‘ओपेनहेइमर’को टिजर सार्वजनिक भएको छ। फिल्मको टिजर बिहीबार सार्वजनिक भएको हो। फिल्म सन् २००५ मा पुलित्जर पुरस्कार जितेको पुस्तक ‘अमेरिकन प्रोमेथसः द ट्रिम्फ एण्ड ट्रयाजेडी अफ जुनियर रोबर्ट ओपेनहेइमर’मा आधारित रहेर बनेको छ।
फिल्मको कथा परमाणु बमका आविस्कारकमध्येका एक जो रोबर्ट ओपेनहेइमरमाथि आधारित रहेको छ। फिल्ममा ओपेनहेइमरको भूमिकामा अभिनेता सिलियन मर्फी छन्। फिल्मको टिजरमा पनि मर्फीलाई मात्रै समेटिएको छ।
‘युनिभर्सल’ स्टुडियोजको ब्यानरमा बनेको फिल्म सन् २०२३ जुलाई २१ मा प्रदर्शन हुँदैछ। फिल्मलाई सुरुवातमा वार्नर ब्रोजले निर्माण गर्ने भनेको थियो। तर, पछि यसलाई युनिभर्सल स्टुडियोजले निर्माण गरेको हो।
फिल्ममा मर्फीसँगै केनेथ ब्राग, माइकल अंगारानो, रोबर्ट डाउनी जुनियर, जुनियर म्याट डोमेनलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।