काठमाडौं- पोखराबाट काठमाडौंका लागि उडान भरेको यती एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ।
इन्जिनमा खराबी आएपछि उडान भरेको केही बेरमा जहाज पोखरा फर्काइएको थियो।
४५ जना यात्रु लिएर बिहान पौने ९ बजे उडेको जहाजमा समस्या देखिएपछि ६ मिनेटमै पोखरामा फर्काइएको हो।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विमानमा समस्या देखिएपछि पोखरामा अवतरण गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।