काठमाडौं- काठमाडौंस्थित चन्द्रागिरि नगरपालिका-४ मा राँगोले आतंक मच्चाएको छ।
शुक्रबार बिहान राँगोले चन्द्रागिरिको गोदाम चौर क्षेत्रमा आतंक मच्चाएपछि नियन्त्रणमा लिने प्रयास गरिए पनि सम्भव नभएपछि प्रहरीले गोली चलाएको छ।
गोली प्रहार गरेर राँगो मारिएपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।