धनगढी–अछामको पन्चदेवल विनायक नगरपालिकामा एक व्यक्तिले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्।
नगरपालिकाको वडा नम्बर ७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४८ वर्षीय पहेलु कामीले कुटेर श्रीमतीको हत्या गरेका हुन्।
कुटपिटबाट ४० वर्षीय मान्मा विकको मृत्यु भएको हो। उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बारालाबाट खटिएको टोलीले पहेलुको खोजी गरिरहेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।