काठमाडौं–किशोर श्रेष्ठको डकुमेन्ट्री (वृत्तचित्र) ‘सर्भाइभलः लिभिङ थ्रु कोभिड’ ले कान्स वर्ल्ड फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल भएको छ। श्रेष्ठको वृत्तचित्रले कान्समा उत्कृष्ट कोभिडमा आधारित (बेस्ट कोभिड थिम) वृत्तचित्रको अवार्ड जितेको हो।
फोटोग्राफरका रुपमा परिचित श्रेष्ठले निर्माण गरेकाे उक्त डकुमेन्ट्रीमा कोरोना महामारीको समयमा सारा विश्वले भोगेको समस्याको चित्रण गर्दै बाँच्नका लागि गरिएको संघर्षका बीच स्वास्थ्य उपकरणको आवश्यकतालाई देखाइएको छ। मास्क, स्यानिटाइजरजस्ता उपकरणले कोरोना महामारीबाट कसरी जोगाउन सक्छन् भन्ने विषय चित्रण गरिएको तीन मिनेट ५० सेकेन्डको उक् वृत्तचित्रले अवार्ड हात परेको हाे।
उक्त डकुमेन्ट्रीको निर्देशन अफ्जल खानले गरेका छन् । वृत्तचित्र ड्रिमभिजनको ब्यानरमा निर्माण भएको हो।
हजारभन्दा धेरै फिल्मले सहभागिता जनाएको कान्स वर्ल्ड फेस्टिभलमा उत्कृष्ट ४० फिल्म छनोट भएका थिए। उक्त सृूचीबाट 'बेस्ट कोभिड थिम' अवार्डका लागि छानिएको फिल्म भने ‘सर्भाइभल’ बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।