काठमाडौं– राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले पोखराको फेवाताल वरपरका ८० प्रतिशत घरहरु अवैध रहेको बताएका छन्।
कतियले बिना स्वीकृति ८/९ तलाको घर बनाएका पनि उनको भनाइ छ। 'त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस्,' राष्ट्रिय सभाको बिहीबारको बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले भने।
देवकोटाले पोखरा महानगरपालिका निवर्तमान मेयर सिकिस्त बिरामी भइ ३ महिनासम्म अस्पतालको बेडमा हुँदा समेत उपमेयरलाई निमित्तको जिम्मेवारी नदिइएको बताए। निमित्तका लागि अनुरोध गर्दा समेत मेयरका ज्वाइँले नजिक पर्न नदिएको उनले उल्लेख गरे।
मेयरका ज्वाइँले उल्टै माफियासँग मिलेर फेवातालको मापदण्ड ६५ मिटरबाट ३५ मिटरसम्म गराएको देवकोटाको भनाइ छ। ६३ रोपनी जग्गा कार्यकाल सकिनु २ दिन अघि २५ वर्षका लागि ठेक्कामा लगाएको पनि देवकोटाले आरोप लगाए। ज्वाइँको रजाइँका कारण धेरै सेवाग्राहीले दुख पाएको देवकोटाले उल्लेख गरे।
'ज्वाइँका कारण धेरै सेवाग्राहीले दु:ख पाए, मेयरलाई समेत बदनाम गराए। लाभको पदमा हुनेहरुलाई मेरो अनुरोध श्रीमान्, श्रीमती र ज्वाइँ लगायतका नातेदाारसँग सर्तक रहनु होला,' देवकोटाले भने।
पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराइ अत्याधुकि बसपार्क निर्माण गरि पोखरालाई व्यवस्थित गर्न पनि देवकोटाले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।