काठमाडौं- बारा र पर्साका विभिन्न स्थानमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बाराको सिमरा विमानस्थल तथा पर्साका धेरै स्थानमा भारती वर्षा मापन भएको र थप वर्षा हुन सक्ने पूर्वानुमान रहेको भन्दै बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले सो क्षेत्र भइ बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।