काठमाडाैं-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले बुधबार राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन्।
सपथ लिनेहरुमा डा दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण अफ्रिका), डा शर्मिला पराजुली (ढकाल) (स्पेन), मिलनराज तुलाधार (रुसी महासंघ) र प्रा डा रामस्वार्थ राय (डेनमार्क) छन्।
समाराेहमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।