काठमाडौं–काठमाडौंबाट सुर्खेत जाँदै गरेको बसमा सडकमाथिबाट ढुंगा खस्दा एक जना यात्रुको मृत्यु भएको छ।
बुधबार रत्न राजमार्गको छिन्छु धुलियाविट सडकखण्ड अन्तर्गत भेरीगंगा नगरपालिका–२ पैसट्ठीमा सडकमाथिबाट खसेको ढुंगा लागेर बसमा सवार यात्रुको मृत्यु भएको हो।
मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–२ की १७ वर्षीया पार्वती शाही रहेकी छिन्। टाउकोमा ढुंगा लागेर गम्भीर घाइते भएकी शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको हो।
ना ७ ख ५८११ नम्बरको रात्रीकालिन बसमा ढुंगा खस्दा सवारी चालकको सिटभन्दा पछाडी बसेका दुईजना अन्य यात्रु पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।