काठमाडौं- बेलायतमा आगामी प्रधानमन्त्रीका दावेदार ऋषि सुनाक र लिज ट्रस ट्रससँगको बहस कार्यक्रमकी प्रस्तोता लाइभ कार्यक्रममा क्रममा बेहोस भएकी छन्। उनी बेहोस भएसँगै बहस रद्द गरिएको छ।
बेलायतमा कन्जरवेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया चलिरहेको छ। जो बेलायतका आगामी प्रधानमन्त्रीसमेत बन्नेछन्। मंगलबार दुवै नेताबीचमा दोस्रोपटक बहस भइरहेकी थियो।
जसलाई नाटकीय रुपमा बन्द गर्नुपरेको छ। दुवै दावेदारबीच बेलायतको स्वास्थ्य सेवा एनएचएस र कर कटौतीको मुद्दामा बहस चलिरहेको थियो।
लिज ट्रस रुस र राष्ट्रपति पुटिनका बारेमा केही बोलिरहेकी थिइन्। त्यहीबेला दर्शकले एउटा आवाज सुने। त्यतिबेला स्क्रिनमा लिज देखिएकी थिइन्। उनी अचानक त्रसित हुँदै हल्लिएकी थिइन्। दुवै हात अनुहारमा लिएर भनिन्- ओ माइ गड!
केही समय टिभी स्क्रिनमा मौनता छायो र त्यसपछि उनी प्रस्तोता रहेको ठाउँमा पुगिन्। त्यसपछि कार्यक्रम रोकियो। यो एक घन्टा जति चल्ने बहस थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।