काठमाडौं- देशका अधिकांश स्थानसहित पछिल्लो ३ घण्टामा देशको पूर्वी क्षेत्रमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।
बाढी पूर्वानुमान महाशाखाको बिहान ६ बजेको अपडेट अनुसार पछिल्लो ३ घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ।
ती स्थानमा थप वर्षा हुन सक्ने सम्भावना रहेको छ। ति जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने र डुवान भइरहने होचा स्थान र साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।