• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विवादमा भुवन केसीको नियुक्ति : यौन हिंसा आरोपीको हातमा चलचित्र विकास बोर्डको चाबी!

64x64
नेपाल लाइभ मंगलबार, साउन १०, २०७९  १२:२६
1140x725

काठमाडौं– देश कोरोना महामारीले ग्रस्त थियो। छिमेकी मुलुक भारतमा अभिनेता सुशान्त सिंह राजपुतको निधनले माहोल तताएको थियो। भारतीय फिल्म उद्योगमा नतावादको बहस सुरु हुँदा नेपालमा पनि उक्त बहसको बाछिटाहरु आइपुगे।

अभिनेत्रीद्वय नम्रता सापकोटा र साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपालमा पनि नातावाद व्याप्त रहेको भन्दै सामाजिक सञ्जालमार्फत् अभिव्यक्ति दिएका थिए। 

साम्राज्ञी कोरोना महामारीको नियन्त्रणका लागि सरकारले गरेको लकडाउन सुरु भएयता चर्चामा थिइन्। २०७७ असार २३ गते इन्स्टाग्राममार्फत् एक भिडियो सार्वजनिक गर्दै उनले आफूले चलचित्रमा काम गर्दा ‘लैंगिक भेदभाव’ भोग्नु परेको बताएकी थिइन्। उनले व्यक्ति केन्द्रित भएर नाम नदि पनि जिकिर गरेका तीन फिल्महरु ‘ड्रिम्स’, ‘ए मेरो हजुर २’ र ‘इन्टुमिन्टु लन्डनमा’ थिए। 

साम्राज्ञीले सामाजिक सञ्जालमार्फत् आफूले ‘ड्रिम्स’को छायांकनको क्रममा ‘लैंगिक भेदभाव’ भोग्नु परेको बताएकी थिइन्। अन्य दुई फिल्मसँग सम्बन्धित व्यावसायिक कुराहरु सार्वजनिक गरेको भए पनि ‘ड्रिम्स’सँग सम्बन्धित रहेर साम्राज्ञीले सार्वजनिक गरेको अभिव्यक्तिले फिल्म क्षेत्रमा तरंग ल्याएको थियो।

त्यसैबीच ‘ड्रिम्स’ फिल्मका निर्मातासमेत रहेका भुवन केसीले साम्राज्ञीलाई सामाजिक सञ्जालमार्फत् अव्यावसायिक र गैर जिम्मेवार रुपमा जवाफ दिएका थिए।

सामाजिक सञ्जालमा भुवनले लेखेका थिए, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्? जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने? सामाजिक सञ्जालमा गर्ने बराबरको अभिनय फिल्ममा पनि गरे हुने नि।’

केसीको अभिव्यक्तिले विषयलाई थप गम्भीर बनाउँदै लगेको थियो। आफूमाथि केसीले गैरजिम्मेवार टिप्पणी गरेपछि साम्राज्ञीले सामाजिक सञ्जालमा अर्को भिडियो सार्वजनिक गरिन्। उनले भुवन केसीलाई ‘पर्भर्ट’ भएको आरोप लगाएकी थिइन्। 

‘त्यो स्टेटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा मलाई तँ त मेरो प्रोडक्ट हो, त्यो पुरानो कुरा कोट्याएर के फाइदा? तँ एउटा ठाउँमा पुगिसकिस् भन्दै सम्झाउन खोज्नु भयो’, उनले उक्त भिडियोमा भनेकी छिन्, 'तर, मलाई भित्र भित्र घिन लागिरहेको थियो। उहाँ मसित टाँसिन खोज्दै गालामै मुख ल्याएर बोलिरहनु भएको थियो। उहाँलाई अंकल भनेको मन पर्दैन्। मैले ‘हस् दाई’ भनेर धकेलिदिएँ। त्यसबेला उहाँले पर्भर्ट जस्तो व्यवहार देखाउनु भएको थियो। हि इज लिटरल्ली अ पर्भर्ट।’

Ncell 2
Ncell 2
nimb
nimb

साम्राज्ञीले भिडियोमार्फत् भनेको अभिव्यक्तिको अन्तिम वाक्यांश ‘हि इज लिटरल्ली अ पर्भर्ट’ थियो। अर्थात् केसीमाथि साम्राज्ञीले अरु कसैलाई असहज हुने गरि (विशेषगरि विकृत मनसायसहित) व्यवहार गर्ने व्यक्ति भएको आरोप लगाएकी थिइन्। 

त्यस घटना यता भुवन र साम्राज्ञीबीच विभिन्न घटनाहरु भए। चलचित्र कलाकार संघमा उजुरीदेखि अदालतमा भुवन केसीले १० करोड रुपैयाँको क्षतिपूर्ति माग्दै उजुरी दिनेसम्मका घटनाहरु भए।  केसीले आफूमाथि साम्राज्ञीले लगाएको आरोप निराधार भएको बताइरहँदा स्पष्ट प्रमाण भने पेस गरेका थिएनन्।

उनै केसीलाई सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको जिम्मेवारी सुम्पिएको छ। 

भुवन केसीलाई चलचित्र क्षेत्रमा चिन्ने र परिचितका बीच उनका अनेक किस्साहरु छन्।  प्रायः उनी विवादमा आइरहने कलाकार हुन्। अभिनेत्रीहरु माथिको व्यवहारका कारण उनी धेरै पटक विवादमा तानिएका छन्। कुनै बेलाकी चर्चित अभिनेत्री सारङ्गा श्रेष्ठले केसीबारे भनेकी थिइन्, ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान्।’ 

एकातिर केही वर्षअघि आफूमाथि लागेको दुर्व्यवहार र ‘पर्भर्ट’को आरोप र फिल्म उद्योगमा महिला कलाकारले लगाउने गरेको आरोपमा पर्ने गरेका केसीले चलचित्र विकास बोर्डको अध्यक्षमा राजनीतिक नियुक्ति पाउँदा सामाजिक सञ्जाल तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरुले सरकारको निर्णयमाथि प्रश्न गरेका छन्।

लेखक अमृता लम्सालले चलचित्र विकास बोर्डमा केसीको नियुक्तिलाई लिएर ट्विटरमार्फत् आपत्ति जनाएकी छन्। केसी अध्यक्षमा नियुक्त भएसँगै सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘बोल्यो भने प्रमाण ल्याउँ भन्छन्। दिने प्रमाण त छैन। तर, उहाँलाई बोर्ड अध्यक्षमा ल्याउन नाम चलेकै महिला अधिकारकर्मीसमेत लाग्नु भएको बजार हल्ला थियो। हुन त महिलामाथि हुने यौन हिंसा र दुर्व्यवहार, मिटुलाई कतिले पो गम्भीरतापूर्वक लिएका छन् र?’ 

सरकारले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेर दुर्व्यवहार जस्तो संवेदनशील विषयको धज्जी उडाएको तर्क अहिले सामाजिक सञ्जालमा उठिरहेको छ।

सरकारले गरेको निर्णयले भुवन केसीले उनी आरोपित मुद्दामा सफाइ पाएको भन्ने सन्देश जाने किसिमको टिप्पणी भइरहेको छ। सौगात गौतमले ट्विटरमा लेखेका छन्, ‘कुनै पनि विषयको संवेदनशीलताको धज्जी उडाउने कसरी? केशव स्थापित र भुवन केसीमाथि लागेको आरोप उस्तै हो। एक जनालाई एमालेले मेयर नै बनाउन खोज्यो भने अर्कोलाई गठबन्धनले चलचित्र विकास बोर्डको अध्यक्ष बनायो।’

राजनीतिक रुपमा केसीले आफ्नो कित्ताकाट गर्दा सुरुवातमा एमाले निकट देखिएका थिए। चुनावमा उठ्ने हल्लाकाबीच एमालेमार्फत् राजनीति सुरु गरेका उनी केही महिनाअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए।

पार्टी परिवर्तन गरेको केही समयमा नै उनले राजनीतिक नियुक्ति पाउँदै बोर्डको अध्यक्ष भए। तर, चलचित्रकर्मी तथा सामाजिक अभियन्ताकाबीच भने केसीको नियुक्तिले सरकारले पीडकको साथ दिएको सन्देश गएको चर्चा भइरहेको छ। 

ट्विटर प्रयोगकर्ता सुस्मिता बाँनियाले पनि मिटुको आरोप लागेकालाई सरकारले नियुक्ति गर्नु आपत्तिजनक भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘मिटुको आरोप लागिरहँदा पनि चुनावी स्टन्ट बनाउँदै भुवन केसीलाई पार्टी प्रवेश गराएको नेपाली कांग्रेसले अहिले चलचित्र विकास बोर्डको अध्यक्षमा लगेर भर्ती गराउनु कुन नौलो कुरा भयो र? यतिबेला नेपाली कांग्रेसका नेतृहरुको नैतिक प्रश्न कता छ?’ 

त्यस्तै, ट्विटरमार्फत् प्रमित लिवाङ्गीले पनि भुवन केसीलाई बोर्डको अध्यक्ष बनाएर सरकारले यौनजन्य हिंसा गर्नेलाई साथ दिएको बताएका छन्। उनले लेखेका छन्, ‘भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाएर यौनजन्य हिंसा, अझ कार्यस्थलमा हुने यौनजन्य हिंसामा राज्य, सरकार पीडकको साथ भएको बलियो प्रमाण दिएछ।’

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल प्रहरीले ३३४ पदमा नयाँ भर्ना खुलायो, यस्तो छ आवेदन प्रक्रिया
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय?
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
नेपाल प्रहरीले ३३४ पदमा नयाँ भर्ना खुलायो, यस्तो छ आवेदन प्रक्रिया शुक्रबार, असोज २, २०८३
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? शुक्रबार, असोज २, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित शुक्रबार, असोज २, २०८३
यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
‘मिसिल अघि बढाइदिन्छु’ भन्दै ९ लाख, रेस्टुरेन्टबाट समातिए नापी अधिकृत बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्