तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ।
मंगलबार बिहान तीन बजेदेखि सडक अवरुद्ध भएको थियो। जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेका थिए। पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाधरूपमा सञ्चालन भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।