काठमाडौं- जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमा महाशाखाले मंगलबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।
भारी वर्षाको सम्भावना रहे पनि आगामी ३ दिनसम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म नदीहरुको बहाव उच्च नहुने जनाएको हो। विभिन्न जिल्ला भइ बहने केही स-साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेको जनाएको छ।
महाशाखाले स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।