काठमाडौं–जिल्ला सरकारी वकिल कार्यालय ललितपुरकी जिल्ला न्यायाधीवक्ता संगीता थोकरलाई स्पष्टीकरण सोधिएको छ। छानबिन समितिको प्रतिवेदन प्राप्त भएलगत्तै उनलाई महान्यायाधीवक्ता कार्यालयले स्पष्टीकरण सोधेको हो।
एक नाबालिगको बलात्कार मुद्दामा महान्यायाधीवक्ता खम्मबहादुर खातीले मुद्दा कमजोर बनाउन दबाब दिएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। छानबिन समितिले थोकरलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।
२०७९ असार ५ गते महान्यायाधीवक्ता कार्यालयले उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधीवक्ता कृष्णमोहन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो उक्त समितिमा उपन्यायाधीवक्ता सुभाष भट्टराई र महान्यायाधीवक्ता कार्यालयका उपन्यायाधीवक्ता विना दाहाल सदस्य थिए।
उनीहरुले मुद्दाको विवरण र अन्य अध्ययन गर्दै प्रतिवेदन पेश गरेको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए।
छानबिन प्रतिवेदनमा आधारमा उनीमाथि कारबाही गर्ने वा सरुवा गर्ने भन्नेबारे निर्णय लिइने उनले बताए।
उनलाई अनुशासनहीन कार्य गरेको र सार्वजनिक सञ्चार माध्यममा कार्यालयबारे नकारात्मक टिप्पणी गर्दैै हिँडेको अभियोगका बारेमा स्पष्टीप्करण सोधिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।