• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चिनियाँको टार्गेटमा नेपाल : कसुर पत्ता लगाउन नसकेको प्रहरीले कसरी तोड्ला नेक्सस ?

64x64
नारायण अधिकारी सोमबार, साउन ९, २०७९  १८:४०
1140x725
अवैध धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिक। फाइल तस्बिर

काठमाडौं–आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले कल सेन्टरको नाममा ठगी धन्दा सञ्चालन गरेको आरोपमा ब्लु स्काई बिजनेश सोलुसन प्रालिमा छापा हान्यो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित उक्त कल सेन्टरमा छापा हानेको प्रहरीले एक भारतीय नागरिकसहित ९ जना मुख्य योजनाकार भएको भन्दै पक्राउ गर्‍यो भने करिब २ सय कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ प्रक्रिया अघि बढायो।

कल सेन्टरको नाममा सामाजिक सञ्जालमार्फत् विभिन्न बहाना तथा प्रलोभन देखाएर ठगीको धन्दा सञ्चालन गरेको आरोपमा छापा मारिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताएका छन्।

यो गिरोहले सामाजिक सञ्जालमार्फत् चिट्ठा परेको भन्दै म्यासेज पठाउने र उक्त चिट्ठा तथा सामान लिनका लागि निश्चित रकम भन्सार शुल्क लाग्ने भन्दै रकम पठाउन लगाएर ठगी गरेको दाबी प्रहरीले गरेको छ। यसरी कल सेन्टरको नाममा ठगी धन्दा सञ्चालन गराउने मुख्य गिरोह चिनियाँ नागरिक रहेको प्रहरी दाबी छ । उनीहरुबाट प्रहरीले ल्यापटप, डेक्सटप, सीपीयू, मोबाइल, पेन ड्राइभ, विभिन्न हार्ड डिस्क, आइप्याडलगायतका सामान बरामद गरेको छ।

रुपन्देहीमा छापा मारेको भोलिपल्टै त्यही शैलीमा काठमाडौंमा पनि ठगी धन्दा भएको भन्दै प्रहरीले छापा मारेको छ। काठमाडौं महानगरपालिका–९ तीनकुनेस्थित गैह्रिगाउँमा चिनियाँ नागरिकले सञ्चालनमा गरेको स्काई वल्र्ड सर्भिस प्रालिमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको छ। 

कल सेन्टरबाट १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरिएको जिल्ला परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताएका छन्। सो क्रममा १४ जना महिला र २७ जना पुरुष पक्राउ परेका छन्। उनीहरुलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ। यो घटनाको अपरेशन जारी रहेको र मुचुल्का उठाउने काम जारी रहेको प्रहरीले जनाएको छ। 

प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी गराएअनुसार यो गिरोहले विभिन्न मोबाइल वालेटमार्फत् लोन दिने र त्यतिबेला उनीहरु बैंकिङदेखि तीन पुस्ते सबै विवरण लिने गरेका थिए। ती अधिकृतले उदाहरण दिँदै नेपाल लाइभसँग भने, ‘२० हजार लोन एक दिनका लागि भनेर दिइयो भने दिँदै १५ हजारमात्रै दिने। दिइएको हदम्याद (एक हप्ताभित्र) २० हजार फिर्ता गर्न नसके कल सेन्टरबाट युवतीहरुको प्रयोग गरी फोन गर्न लगाएर रकम तिर्न बाध्य पार्ने, तिर्न अटेर गरे विभिन्न धम्कीसमेत दिने गरेको पाइन्छ ।’

योभन्दा अघि गत असार १६ गते मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीले पनि पोखरामा चिनियाँले सञ्चालन गरेको कम्पनीमा छापा मारेको थियो। ठगीको आरोपमा पोखरा–१७ ड्यामसाइटमा रहेको चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीमा छापा मारेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिबेला कास्की प्रहरीले तीन चिनियाँसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो। कम्पनी नै सञ्चालन गर्न नसक्ने आर्थिक अवस्थामा रहेका नुवाकोटका सुमन तामाङको नाममा न्यू डायमण्ड टेक्नोलोजी भनेर कम्पनी दर्ता गरेर उनीहरुले काम गरेको देखिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले नेपाल लाइभलाई जानकारी दिए।

उनीहरुबाट विभिन्न डिभाइसहरु बरामद गरे पनि चिनियाँ नागरिकले के धन्दा गरेका थिए भन्नेबारे प्रहरीले केही खुलाउन सकेन। कास्की प्रहरीका एक अधिकृतले भने, ‘विभिन्न डिभाइस बरामद भए। हामीले सोधपुछ पनि गर्‍यौं तर के धन्दा सञ्चालन गरेका थिए भन्ने खुल्न सकेन।’

उक्त कम्पनीमा काम गर्ने ८९ जना नेपालीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। यति हुँदा पनि उनीहरुको धन्दा खुल्न सकेको थिएन। उनीहरुबाट ४५ लाख रुपैयाँ बरामद भएकाले उक्त रकमको स्रोत नखुलेको भन्दै राजस्व अनुसन्धान विभाग पठाइएको थियो भने भिजिट भिसामा नेपाल आएर काम गरेको भन्दै अध्यागमन कानून आकर्षित हुने भन्दै प्रहरीले अध्यागमनलाई कारबाहीका लागि सिफारिस गरेको थियो । तीन चिनियाँसहित चार जनालाई पक्राउ गरे पनि प्रहरीले उनीहरुलाई मुद्दा चलाउन सक्ने अवस्था आएन। जिल्ला न्यायाधीवक्तासँग रायसमेत माग गरेको प्रहरीले मुद्दा चलाउन सक्ने कुनै आधार नै फेला पार्न सकेन। प्रविधिमा पोख्त मानिएका चिनियाँबाट बरामद भएको डिभाइस फरेन्सिक ल्याबमा जाँचका लागि पठाइए पनि अहिलेसम्म रिपोर्ट आइनसकेको डीएसपी तिवारीले बताए।

योमात्रै होइन यसअघि ठूलो संख्यामा पक्राउ परेका चिनियाँ नागरिकको कसुर पनि पत्ता नलाग्दा सहजै उम्केका थिए। ‘अपरशेन चार्ली फोक्टर’ नाम दिएर २०७६ पुस ७ गते नेपाल प्रहरीले काठमाडौं उपत्यकामा चिनियाँविरुद्ध अपरेशन चलाएको थियो । सो क्रममा मनमैजु, बुढानीलकण्ठ र बाँसबारीका ९ वटा घरमा छापा मारेर प्रहरीले १ सय २२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुबाट ६७ थान राहदानी, ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्यापटप, ९८ थान कम्युटर सिपियू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो । त्यतिबेला प्रहरीले अहिलेसम्मकै ठूलो अपरेशन भएको भन्दै पत्रकार नै सम्मलेन गरेर जानकारी गराएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

1221658753457.jpg
पक्राउ परेका चिनियाँहरूले नेपाललाई आश्रयस्थल बनाएर चीनका विभिन्न बैंकको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, अनलाइनमा अश्लील सामग्री देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्क्याउँदै रकम असुल्ने काम गरेको दाबी गरिएको थियो। 

चिनियाँहरुले नेपालमै सफ्टवेयर कम्पनी र होटल  सञ्चालन गर्ने भन्दै दर्तासमेत गरेको त्यतिबेला पाइएको थियो। यसरी नेपाल छिरेको चिनियाँ समूहले अवैध धन्दा सञ्चालन गरेको दाबी गरे पनि प्रहरीले भने केही भेउ पाउन सकेन।

पक्राउ परेका १ सय २२ चिनियाँबाट केही कसुर खुल्न नसकेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गरेको थियो। २०७६ पुस २० गते पक्राउ परेका १ सय २२ चिनियाँ १ हजार धरौटीमा रिहा भएका थिए। उनीहरुले रिहा भएपछि चीनले विमान नै चार्टर गरेर उनीहरुलाई आफ्नो देश लगेको थियो। 

करिब ३ वर्ष अघिदेखि नै चिनियाँले नेपाललाई टार्गेट गरेर अवैध गतिविधि सञ्चालन गरे पनि अहिलेसम्म उनीहरुले गरेको कसुर नेपाल प्रहरीले पत्ता लगाउन सकेको छैन। जसको फाइदा उठाउँदै नेपाल टार्गेट गरेर चिनियाँ अवैध धन्दा सञ्चालन गर्दै आएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् । 

‘चिनियाँहरु आईटीमा पोख्त हुन्छन्। यसअघि नै घटनाबाटे आफूहरुले गरेको अपराध नेपाल प्रहरीले पत्ता लगाउन नसकेको भन्ने जानकार भइसकेका उनीहरुले नेपाललाई सुरक्षित ठानेर निरन्त अवैध धन्दा सञ्चालन गरेको हुनुपर्छ’ पूर्वडीआईजी मल्लको बुझाई छ।

अपराधसँग हरेक विषय अहिले प्रविधिमा जोडिएकाले नेपाल प्रहरीलाई पनि अनुसन्धानका लागि प्रविधि र सोही अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न लगानी गर्नु मल्लको सुझाव छ। 

सम्बन्धित समाचार

अपरेसन 'चार्ली फोक्टर', कसुर शून्य

चिनियाँविरुद्धको फितलो अपरेसन, करिब २ सय चिनियाँ फरार भएपछि रित्तो घरमा छापा

संदिग्ध चिनियाँले विनाअनुगमन कसरी सञ्चालन गरे अर्बौंका कम्पनी?

ठगीको आरोपमा रुपन्देहीको एक कल सेन्टरमा प्रहरीको छापा, दुई सय व्यक्ति प्रहरी नियन्त्रणमा

चिनियाँ नागरिकले काठमाडौंमा चलाएको कल सेन्टरबाट ३४ जना पक्राउ

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्