• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चिनियाँको टार्गेटमा नेपाल : कसुर पत्ता लगाउन नसकेको प्रहरीले कसरी तोड्ला नेक्सस ?

64x64
नारायण अधिकारी सोमबार, साउन ९, २०७९  १८:४०
1140x725
अवैध धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिक। फाइल तस्बिर

काठमाडौं–आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले कल सेन्टरको नाममा ठगी धन्दा सञ्चालन गरेको आरोपमा ब्लु स्काई बिजनेश सोलुसन प्रालिमा छापा हान्यो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित उक्त कल सेन्टरमा छापा हानेको प्रहरीले एक भारतीय नागरिकसहित ९ जना मुख्य योजनाकार भएको भन्दै पक्राउ गर्‍यो भने करिब २ सय कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ प्रक्रिया अघि बढायो।

कल सेन्टरको नाममा सामाजिक सञ्जालमार्फत् विभिन्न बहाना तथा प्रलोभन देखाएर ठगीको धन्दा सञ्चालन गरेको आरोपमा छापा मारिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताएका छन्।

यो गिरोहले सामाजिक सञ्जालमार्फत् चिट्ठा परेको भन्दै म्यासेज पठाउने र उक्त चिट्ठा तथा सामान लिनका लागि निश्चित रकम भन्सार शुल्क लाग्ने भन्दै रकम पठाउन लगाएर ठगी गरेको दाबी प्रहरीले गरेको छ। यसरी कल सेन्टरको नाममा ठगी धन्दा सञ्चालन गराउने मुख्य गिरोह चिनियाँ नागरिक रहेको प्रहरी दाबी छ । उनीहरुबाट प्रहरीले ल्यापटप, डेक्सटप, सीपीयू, मोबाइल, पेन ड्राइभ, विभिन्न हार्ड डिस्क, आइप्याडलगायतका सामान बरामद गरेको छ।

रुपन्देहीमा छापा मारेको भोलिपल्टै त्यही शैलीमा काठमाडौंमा पनि ठगी धन्दा भएको भन्दै प्रहरीले छापा मारेको छ। काठमाडौं महानगरपालिका–९ तीनकुनेस्थित गैह्रिगाउँमा चिनियाँ नागरिकले सञ्चालनमा गरेको स्काई वल्र्ड सर्भिस प्रालिमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको छ। 

कल सेन्टरबाट १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरिएको जिल्ला परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताएका छन्। सो क्रममा १४ जना महिला र २७ जना पुरुष पक्राउ परेका छन्। उनीहरुलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ। यो घटनाको अपरेशन जारी रहेको र मुचुल्का उठाउने काम जारी रहेको प्रहरीले जनाएको छ। 

प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी गराएअनुसार यो गिरोहले विभिन्न मोबाइल वालेटमार्फत् लोन दिने र त्यतिबेला उनीहरु बैंकिङदेखि तीन पुस्ते सबै विवरण लिने गरेका थिए। ती अधिकृतले उदाहरण दिँदै नेपाल लाइभसँग भने, ‘२० हजार लोन एक दिनका लागि भनेर दिइयो भने दिँदै १५ हजारमात्रै दिने। दिइएको हदम्याद (एक हप्ताभित्र) २० हजार फिर्ता गर्न नसके कल सेन्टरबाट युवतीहरुको प्रयोग गरी फोन गर्न लगाएर रकम तिर्न बाध्य पार्ने, तिर्न अटेर गरे विभिन्न धम्कीसमेत दिने गरेको पाइन्छ ।’

योभन्दा अघि गत असार १६ गते मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीले पनि पोखरामा चिनियाँले सञ्चालन गरेको कम्पनीमा छापा मारेको थियो। ठगीको आरोपमा पोखरा–१७ ड्यामसाइटमा रहेको चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीमा छापा मारेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यतिबेला कास्की प्रहरीले तीन चिनियाँसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो। कम्पनी नै सञ्चालन गर्न नसक्ने आर्थिक अवस्थामा रहेका नुवाकोटका सुमन तामाङको नाममा न्यू डायमण्ड टेक्नोलोजी भनेर कम्पनी दर्ता गरेर उनीहरुले काम गरेको देखिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले नेपाल लाइभलाई जानकारी दिए।

उनीहरुबाट विभिन्न डिभाइसहरु बरामद गरे पनि चिनियाँ नागरिकले के धन्दा गरेका थिए भन्नेबारे प्रहरीले केही खुलाउन सकेन। कास्की प्रहरीका एक अधिकृतले भने, ‘विभिन्न डिभाइस बरामद भए। हामीले सोधपुछ पनि गर्‍यौं तर के धन्दा सञ्चालन गरेका थिए भन्ने खुल्न सकेन।’

उक्त कम्पनीमा काम गर्ने ८९ जना नेपालीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। यति हुँदा पनि उनीहरुको धन्दा खुल्न सकेको थिएन। उनीहरुबाट ४५ लाख रुपैयाँ बरामद भएकाले उक्त रकमको स्रोत नखुलेको भन्दै राजस्व अनुसन्धान विभाग पठाइएको थियो भने भिजिट भिसामा नेपाल आएर काम गरेको भन्दै अध्यागमन कानून आकर्षित हुने भन्दै प्रहरीले अध्यागमनलाई कारबाहीका लागि सिफारिस गरेको थियो । तीन चिनियाँसहित चार जनालाई पक्राउ गरे पनि प्रहरीले उनीहरुलाई मुद्दा चलाउन सक्ने अवस्था आएन। जिल्ला न्यायाधीवक्तासँग रायसमेत माग गरेको प्रहरीले मुद्दा चलाउन सक्ने कुनै आधार नै फेला पार्न सकेन। प्रविधिमा पोख्त मानिएका चिनियाँबाट बरामद भएको डिभाइस फरेन्सिक ल्याबमा जाँचका लागि पठाइए पनि अहिलेसम्म रिपोर्ट आइनसकेको डीएसपी तिवारीले बताए।

योमात्रै होइन यसअघि ठूलो संख्यामा पक्राउ परेका चिनियाँ नागरिकको कसुर पनि पत्ता नलाग्दा सहजै उम्केका थिए। ‘अपरशेन चार्ली फोक्टर’ नाम दिएर २०७६ पुस ७ गते नेपाल प्रहरीले काठमाडौं उपत्यकामा चिनियाँविरुद्ध अपरेशन चलाएको थियो । सो क्रममा मनमैजु, बुढानीलकण्ठ र बाँसबारीका ९ वटा घरमा छापा मारेर प्रहरीले १ सय २२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुबाट ६७ थान राहदानी, ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्यापटप, ९८ थान कम्युटर सिपियू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो । त्यतिबेला प्रहरीले अहिलेसम्मकै ठूलो अपरेशन भएको भन्दै पत्रकार नै सम्मलेन गरेर जानकारी गराएको थियो।

1221658753457.jpg
पक्राउ परेका चिनियाँहरूले नेपाललाई आश्रयस्थल बनाएर चीनका विभिन्न बैंकको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, अनलाइनमा अश्लील सामग्री देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्क्याउँदै रकम असुल्ने काम गरेको दाबी गरिएको थियो। 

चिनियाँहरुले नेपालमै सफ्टवेयर कम्पनी र होटल  सञ्चालन गर्ने भन्दै दर्तासमेत गरेको त्यतिबेला पाइएको थियो। यसरी नेपाल छिरेको चिनियाँ समूहले अवैध धन्दा सञ्चालन गरेको दाबी गरे पनि प्रहरीले भने केही भेउ पाउन सकेन।

पक्राउ परेका १ सय २२ चिनियाँबाट केही कसुर खुल्न नसकेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गरेको थियो। २०७६ पुस २० गते पक्राउ परेका १ सय २२ चिनियाँ १ हजार धरौटीमा रिहा भएका थिए। उनीहरुले रिहा भएपछि चीनले विमान नै चार्टर गरेर उनीहरुलाई आफ्नो देश लगेको थियो। 

करिब ३ वर्ष अघिदेखि नै चिनियाँले नेपाललाई टार्गेट गरेर अवैध गतिविधि सञ्चालन गरे पनि अहिलेसम्म उनीहरुले गरेको कसुर नेपाल प्रहरीले पत्ता लगाउन सकेको छैन। जसको फाइदा उठाउँदै नेपाल टार्गेट गरेर चिनियाँ अवैध धन्दा सञ्चालन गर्दै आएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् । 

‘चिनियाँहरु आईटीमा पोख्त हुन्छन्। यसअघि नै घटनाबाटे आफूहरुले गरेको अपराध नेपाल प्रहरीले पत्ता लगाउन नसकेको भन्ने जानकार भइसकेका उनीहरुले नेपाललाई सुरक्षित ठानेर निरन्त अवैध धन्दा सञ्चालन गरेको हुनुपर्छ’ पूर्वडीआईजी मल्लको बुझाई छ।

अपराधसँग हरेक विषय अहिले प्रविधिमा जोडिएकाले नेपाल प्रहरीलाई पनि अनुसन्धानका लागि प्रविधि र सोही अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न लगानी गर्नु मल्लको सुझाव छ। 

सम्बन्धित समाचार

अपरेसन 'चार्ली फोक्टर', कसुर शून्य

चिनियाँविरुद्धको फितलो अपरेसन, करिब २ सय चिनियाँ फरार भएपछि रित्तो घरमा छापा

संदिग्ध चिनियाँले विनाअनुगमन कसरी सञ्चालन गरे अर्बौंका कम्पनी?

ठगीको आरोपमा रुपन्देहीको एक कल सेन्टरमा प्रहरीको छापा, दुई सय व्यक्ति प्रहरी नियन्त्रणमा

चिनियाँ नागरिकले काठमाडौंमा चलाएको कल सेन्टरबाट ३४ जना पक्राउ

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत बुधबार, भदौ १०, २०८३
बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
वर्षाका कारण ६ वटा मुख्य सडकखण्ड प्रभावित, ३ वटामा रातिको समयमा यातायात सञ्चालनमा रोक बुधबार, भदौ १०, २०८३
लगातार दोस्रो जितको खोजिमा नेपाल बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्