• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम: नजिकै मुसलधारे वर्षा भइरहँदा अर्को ठाउँमा टनटलापुर घाम!

नारायण ढुङ्गाना/रासस सोमबार, साउन ९, २०७९  १३:०१
1140x725

काठमाडौं– यस वर्षको मनसुनको सुरुआती चरण असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा भारी वर्षाका कारण पहिरो जाँदा २ जनाले ज्यान गुमाए भने ७५ परिवार विस्थापित भए। त्यस दिनको वर्षा सम्झँदै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल भन्छन्, ‘जिल्लाको धेरै स्थानमा पानी परे पनि सो क्षेत्रमा बढी वर्षा केन्द्रिकृत हुँदा ठूलो क्षति गरायो।’ 

अहिले राष्ट्रिय विपत्‌‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापनबाट घर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको र नजिकैको खुला ठाउँमा एकीकृत वस्ती निर्माण गर्ने योजना रहेकोे उनले सुनाउनुभयो। केही दिनअघि गोरखाको आरुघाट गाउँपालिका-१ श्यामचेतमा पनि त्यसै गरी भारी वर्षा हुँदा त्यहाँका ३० घरपरिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य २ घर विस्थापित नै भएका र अन्य घर उच्च जोखिमा रहेको बताउँछन्। वस्ती स्थानान्तरण गर्ने हो वा अन्य वैकल्पिक व्यवस्था गर्ने भनेर भौगर्भिक अध्ययनको प्रक्रिया थालिएको प्रजिअ आचार्यको भनाइ छ। गोरखामा त्यसरी वर्षा हुँदा आसपासका जिल्लामा राम्ररी पानी परेको थिएन।

काठमाडौं उपत्यकामा पनि समान रुपले वर्षा भएको पाइँदैन। बानेश्वरमा दर्केझरी पर्दा निथ्रुक्क रुझेका यात्रु सुन्धारा पुग्दा टन्टलापुर घाममा सेकिनुपर्ने अवस्था हुन्छ। उपत्यकाको कोटेश्वर क्षेत्रमा पानी पर्दा बानेश्वरमा घाम लागिरहेको पाइन्छ। कुपण्डोलमा पानी पर्दा माइतीघर, सुन्धारामा टहटह घाम लागिरहेको हुन्छ। 
क्षणिक वर्षाको क्रम यो वर्ष दोहोरिँदै, कतै एउटै जिल्लामा पनि कतै पानी पर्ने कतै नपर्ने खण्डिकृत अवस्था देखिन्छ। यो क्रम विगतमा थोरै मात्रामा हुने गरेको थियो, तर अहिले बढ्दो क्रममा रहेको महसुस गर्न ससिन्छ।

काठमाडौंकी शान्ति महर्जन भन्छिन्, 'चन्द्रागिरि आसपास बिहान टन्टलापुर घाम लागेकाले छाता नबोकी आइयो, सुन्धारामा बसबाट झर्दा वर्षाले रुझियो, कहिले यताबाट जाँदा उस्तै हुन्छ।' उनले फरक खालको वर्षा भएको आफूले पनि महसुस गरेको बताइन्। यस्तै महसुस मुलुकका नागरिकले यसपालि गरेका छन्। 

जलवायु परिवर्तन लगायत विभिन्न कारणले पनि वर्षा हुने स्वरुपमा समेत परिवर्तन भएको हुँदा नयाँनयाँ घटनाहरु देखिन थालेको छ। गत वर्ष कात्तिकमा भीषण वर्षा हुँदा जनधनको ठूलो क्षति भयो भने मेलम्ची र हेलम्बुमा आकलनभन्दा फरक प्रकृतिको घटनाले अकल्पनीय रुपमा तहसनहस बनायो। एकै ठाउँमा पानी घोप्टिएर निम्तिने प्रकोप पनि बढ्दो छ। यस्ता फरक प्रकृतिका घटनाहरु दोहोरिन थालेको विज्ञहरुको भनाइ छ।

वरिष्ठ मौसमविद् रामप्रसाद अवस्थी अबका दिनमा मौसमजन्य घटना दोहोरिने सम्भावना बढी रहेको बताउँछन्। उनका अनुसार मनसुनजन्य विपत्‌‌का स्वरुपमा परिवर्तन आइ नयाँ प्रकृतिका घटना र छोटो समयमा विपत्‌‌जन्य घटना दोहोरिन सक्ने सम्भावना समेत बढेकाले पनि जोखिम थपिएको हो।

नेपालमा वर्षेनी हुने धनजनको क्षतिमध्ये करिब ८२ प्रतिशत बढी जलमौसमजन्य प्रकोपका कारण हुने गरेको तथ्यले देखाएको छ। यसले पनि वर्षाबाट हुने जोखिम कति छ भनेर स्पष्ट हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जल तथा मौसम विज्ञान विभागले यसवर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो। सोही पूर्वानुमानकै क्रममा विभागले पूर्वी भेगका तुलनामा पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको थियो। मनसुन गहिरिदै जाँदा आजसम्मको अवस्था हेर्दा पूर्वी भेगका सबै स्थानमा समानरुपले सरदरभन्दा बढी वर्षा हुन सकेन्। त्यसको कारण नेपालमा परेको खण्डित वर्षा मुख्य हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बादल आकाशमा डम्म देखिए पनि वर्षा भने खण्डित रुपमा हुने गरेको सुनाउँछन्। गत केही वर्षको अध्ययन गर्दा सीमित भूभागमा हाँडी घोप्टिए जसरी अधिक वर्षा भएको थियो। यो वर्ष त्यस्तो नभए पनि विभिन्न जिल्लाका सीमित क्षेत्रमा खण्ड-खण्ड भएर ह्वारर् पानी परिरहेको छ। असारमासमा विगतका इतिहासमा लगातार झरी पर्थ्यो। विभागका जलवायु विश्लेषक डा इन्दिरा कँडेल जनसुनजन्य घटनाका प्रवृत्ति केही फरक देखिएको बताउँछिन्। 

मनसुन यसपटक एक हप्ता छिटो जेठ २२ मा भित्रियो। पूर्वबाट पश्चिम छिटो सरेन। मनसुन निक्किै ढिलो पश्चिम नेपाल पुगेकाले पनि पनि अलि बढी सुख्खा भएको अनुमान गरिएको छ। तर, एक वर्ष बढी पानी पर्दा अर्को वर्ष केही सुख्खा हुने क्रम विगतमा पनि थियो।

विभागको जलवायु विश्लेषण शाखाले यस वर्षको मनसुन यामको पहिलो महिना जुन अर्थात् जेठ-असारमा गरेको विश्लेषणअनुसार खण्डीकृत वर्षा भएको देखाउँछ। त्यो वर्षा हुँदा मनसुनको प्रारुपअनुसार निरन्तरको वर्षा भने भएको थिएन। साना क्षेत्रमा धेरै वर्षा हुने अनि रोकिने, फेरि वर्षा हुने प्रवृत्ति बढ्दो छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रारम्भिक विश्लेषणबाट प्राप्त विवरण (मनसुन सुरु भएपछि असार ३ सम्म) ले प्रदेश २ का केही पूर्वी भागबाहेकका क्षेत्र, बाग्मती, प्रदेश, प्रदेश नं १ र गण्डकी प्रदेशको पूर्वी भागमा सरदर र सरदरभन्दा बढी वर्षा छ।

प्रदेश २ को पश्चिम, गण्डकीको पश्चिमी जिल्ला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा सरदरभन्दा कम भएको छ। तर यसैलाई आधार मानेर विगतमा गरिएको आकलन मिल्यो वा मिलेन भनेर यकिन भन्न नसकिने कँडेल बताउँछिन्। 
 
नेपालमा मनसुन अवधिको औसतको मात्रै अनुमान गरिएको हो। विश्व मौसम सङ्गठनका केही मोडलले जुलाईमा केही कम वर्षा हुन्छ भन्ने देखाएको थियो। मनसुन बीचको अध्ययन गर्न सक्ने अवस्था नेपालमा नभएकाले पनि विभागले औसत मात्रै जानकारी गराएको थियो। 

विपत्‌‌ व्यवस्थापन विज्ञ डा कृष्णचन्द्र देवकोटा पनि केन्द्रिकृत पानी बढेको स्वीकार गर्छन्। उनका अनुसार मनसुको सुरुमा पानी राम्रै पर्‍यो, तर बीचमा केही कम भयो। उनले भने, 'मुसलधारे वर्षा हुने, लामो समयसम्म नहुने अवस्था रहेको छ, यो मौसम परिवर्तन कै कारण हो कि भन्ने लागेको छ।' यस किसिमका वर्षाले सीमित ठाउँमा क्षति पुर्‍याउँछ र जोखिम निम्त्याउँछ। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार खण्ड-खण्ड गरेर आकाशबाट पानी झरिरहेको छ। उनले भने, 'खण्डिकृत वर्षाले हाँडीघोप्टे रुप लियो भने ठूलो विपत्‌‌ आउने सम्भावना हुन्छ, त्यसैले यस्तो अवस्थामा झन् सचेत हुनु जरुरी छ।' उनका अनुसार ‘अस्तिको हप्ता’ एक थोपा पनि पानी परेन, तर त्यही बेला एउटै मौसम प्रणालीले भारतको मध्यप्रदेशमा ठूलो पानी परेको थियो। 

यस वर्षको वर्षा भएकामध्ये अहिलेसम्म ताप्लेजुङमा गएको पहिरोको ठूलो घटना भएको छ। गोरखाको आरुघाटको माथिलो क्षेत्रमा ठूलो क्षति हुने गरी वर्षा भयो। अन्य केही क्षेत्रमा सानातिना घटनाहरु भए पनि अहिलेसम्म ठूलो विपत् निम्तिएको छैन। पोखरेल कतिपय ठाउँमा रोपाईँका लागि पनि पर्याप्त पानी नपुगेको सुनाउँछन्। धान रोप्ने बेलामा र फुल्ने बेलामा पानी भएन भने खडेरीले समस्या पार्छ। मनसुनको बीचमा यस्तो हुनु भनेको राम्रो सङ्केत होइन। 

जलवायु परिवर्तनविज्ञ डा ङमिन्द्र दाहाल मनसुन अवधि भरिमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले जुनुसुकै बेला आइदिन सक्ने अनुमान गर्छन्। ‘अहिले नै पानी परेन भनेर भन्न हुँदैन, मनसुनको अन्तिम दिन वा भोलिपल्ट पनि परिदिन सक्छ,’ उनले भने, ‘कुनैकुनै सीमित ठाउँमा गाग्राले खन्याएको जस्तो पानी परिरहेको छ, त्यो चाहिँ ठूलो समस्या हो।’ 

अहिले दैनिक वर्षाको नयाँनयाँ ग्राफ देखिएको छ। त्यसले सीमित क्षेत्रमा ह्वात्त पानी परेको देखाएको छ, त्यो चाहिँ अहिलेको जटिलता भएको उनको भनाइ छ। नयाँ जलवायु परिवर्तनको आँकडाका लागि त्यो सामान्य कुरा हो। उनी यसको न्यूनीकरण गर्न नसकिने भएकाले मानिस आफैँ अनुकूलित हुनुपर्ने वा पूर्वतयारीमा अझै बढी ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँछन्।

उनका अनुसार अब जल तथा मौसम विज्ञान विभागले त्यस्ता वर्षाको ग्राफको सबैतिर जानकारी दिन ढिला गर्नुहुन्न। सूचना पुर्‍याउन जरुरी छ। सूचना नाप्ने केन्द्रहरु तयार पार्नुपर्छ, पूर्वसूचना प्रणाली राखेर सूचना नागरिकको हातहातमा पुग्नुपर्‍यो।

खेतीपाती, खोला, किनाराबाट सुरक्षित हुनुपर्‍यो। भौतिक निर्माण, वस्ती निर्माण, पूर्वाधारहरु त्यही अनुसारका तयारी गर्नुपर्छ। वर्षामा आएको फरकपनका कारण पूर्वाधारका पुराना संरचनाले जोखिम निम्त्याएको छ। अब हिजोका डिजाइनका बाटोघाटो सुरक्षित नरहेकाले नयाँ डिजाइन अनुसार बनाउनुपर्ने बेला आएको उनको सुझाव छ। 

जल तथा मौसम विज्ञान विभागले तयार पारेको एक प्रतिवेदनअनुसार सन् १९७१ देखि २०१५ सम्म नेपालमा १.३ मिलिमिटर प्रतिवर्ष वर्षाको दर घटेको थियो। सन् २०५० सम्म प्रतिवर्ष ८.१२ प्रतिशत र सन् २१०० सम्म प्रतिवर्ष १२ प्रतिशतसम्म वर्षाको दर बढ्न सक्छ भन्ने अनुमान छ, तर यसको प्रवृत्ति सामान्य वर्षाका रुपमा नभएर फरक देखिन सक्छ। सामान्य वर्षाका दिनभन्दा भारी वर्षा, खण्डीकृत वर्षाका दिनहरु बढेर जाने र समग्रका वर्षाका दिनमा भने कमी आउने प्रतिवेदनले देखाएको सिनियर डिभिजनल हाइड्रोलोजिस्ट रामप्रसाद अवस्थी बताउँछन्। 

उनको सन् २०२० को अध्ययनले नेपालमा औषत तापक्रम (५० वर्षमा) ०.८ देखि १.३ डिग्रीसम्म बढेको देखाएको छ। अधिकतम् तापक्रम प्रतिवर्ष ०.०५६ (हिमालमा ०.०८) डिग्री बढेको छ। गर्मीको दिन बढ्दो रहेको र चिसोको दिन घट्दो रहेको अध्ययनले देखाएको छ। अध्ययनले अतिजन्य मौसमी घटना (बाढी, हिमताल विष्फोट, हिमपहिरो, असिना, चट्याङ हावाहुरी) मा वृद्धि भइरहेको छ।

तापक्रमसम्बन्धी घटनाको प्रभाव पहाड र हिमालमा बढिरहेको छ। भारी वर्षाका घटनाहरु पहाडदेखि तल महाभारत तराईतिर बढेको छ। औसत वार्षिक वर्षा र तापक्रम शताब्दीको अन्त्यसम्म नै बढ्दै जाने अनुमान गरिएको छ। अझै मनसुनपछिको समयमा भने तापक्रम वृद्धिदर अधिक हुने अनुमान छ। पूर्व मनसुनबाहेकका सबै ऋतुमा प्रायः बढी वर्षा हुने देखिन्छ। भारी वर्षाका घटनाको प्रकृतिमा वृद्धि, सामान्य वर्षात्का दिनमा भन्दा अति वर्षा हुने दिनको सङ्ख्या अधिक वृद्धि हुने देखिएको छ। 
 
नेपाल जलवायु परिवर्तनका जोखिमको संवेदनशीलताका आधारमा विश्वमा नवौँ स्थानमा रहेको छ। बहुप्रकोपीय जोखिमका हिसाबले २० औँ स्थान पर्छ। यसअघिका विभिन्न अध्ययनले भने जलवायु परिवर्तनका हिसाबले नेपाल चौथो जोखिममा पर्ने मुलुक भनेर उल्लेख थियो।

वैशाख यताका विपत्‌‌जन्य घटनामा १२९ को मृत्यु
वैशाख महिना यता भएका १ हजार १६९ विपत्‌‌जन्य घटनामा १२९ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार ती घटनामा परेर तीन जना वेपत्ता भएका छन् भने ३२३ जना घाइते भएका छन्। 

कूल १ हजार ४९७ परिवार प्रभावित भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए। कूल अनुमानित ७२ करोड ३४ लाखको क्षति भएको छ। विभिन्न ११ प्रकारका विपत्‌‌का घटनामध्ये सबैभन्दा बढी चट्याङबाट ५५ जनाको मृत्यु भएको तथ्याङ्क छ। त्यसपछि आगलागीबाट १९ र पहिरोबाट १७ को मृत्यु भएको छ अघिल्लो वर्षको तुलनामा यसपालि विपत्‌‌जन्य घटना र जनधनको क्षति भने कम छ। 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्