काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ मा युवराज दुलाल (शरद)लाई प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दुलालाई टिकट दिएका हुन् ।
प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ।
चौतारा साँगाचोकगढी स्थायी घर भएका दुलाल बागमती प्रदेशसभा सदस्य समेत हुन् । उनी सोही क्षेत्रबाट २ पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।