काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि सभापति गगन थापाले आह्वान गरेको बैठक केही बेर अगाडि अर्पण ब्याङ्क्वेट बानेश्वरमा भइरहेको छ।
निर्वाचन आयोगले हिजो विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।
आजको बैठकले फागुन २१ मा हुने चुनावसहित पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ।
त्यस्तै नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ । आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।
बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आजको बैठकले बोर्ड गठनका साथै २१ फागुनमा हुने निर्वाचन केन्द्रित हुने गरी छलफल गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।