काठमाडौँ – आज राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार मध्यान्ह सवा १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१-०८२ माथि छलफल हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।