काठमाडौं- अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालिका- २ भुलुमा अमर विष्टको घर पुरिंदा तीन जनाको मृत्यु हो।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगी पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको जानकारी दिए।
अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी जानकारी दिए।
पहिरोमा परि नैना विष्ट गम्भीर घाइते भएकी छन्। गएराति १ बजेतिर घरमाथिबाट पहिरो आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।