काठमाडौं- काठमाडौं आसपास भूकम्पको धक्का महशुस गरिएको छ।
सोमबार बिहान ६ बजेर सात मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको 'हेलम्बु हिमालयन ग्रेट ट्रेल' आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ।
उक्त भूकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।