काठमाडौं–नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी अनिता विन्दूलाई पराजित गर्दै लम्साल विजयी भएका हुन्।
त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भए। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन्।
अध्यक्षसँगै प्रेस युनियनका अधिकांश पदमा पनि लम्साल प्यानलका उम्मेदवारहरु विजयी भएका छन्।
लम्सालले शेखर–गगन समूहका तर्फबाट उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।