काठमाडौं– पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा १६ जना घाइते भएका छन्। मृतकको सनाखत हुन सकेको छैन। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ। बस सडकदेखि करिब ६० मिटर तल खसेको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।