• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

९ महिनादेखि बोल्ने 'अरुचि'मा रहेका नारायणकाजीले पोखे राजनीति र नेता-कार्यकर्ताप्रति विरक्ति

'बदलिनुपर्ने बदलिँदैनन्, बदल्न दबाब दिनुपर्नेहरु 'वकिल' भए'
64x64
नेपाल लाइभ आइतबार, साउन ८, २०७९  १८:४५
1140x725

काठमाडौं- 'मलाई त्यति बोल्न मन छैन आजकाल। सञ्चारमाध्यममा नबोलेको ९ महिना भएछ। यस्तो कार्यक्रममा  पनि बोलेको छैन। अस्ति प्रचार नै गरिसकेपछि एउटा कार्यक्रममा बोलेँ', माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबारको एउटा कार्यक्रममा आफ्नो सम्बोधनको सुरुवात विरक्तिबाट गरे।

'विश्वको भू-राजनीतिक तनाव र नेपालको परिस्थिति' विषयक कार्यक्रममा उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'सट्टा वक्ता' थिए। त्यसैले सुरुमै स्पष्ट पारे,  'अध्यक्ष प्रचण्ड अन्तै व्यस्त भएपछि उहाँले पठाएर आएको हुँ। तर  सट्टाभर्ना विचारमा नहुन सक्छ। मचाहिँ मै बोल्छु।'

फेरि थपे-  बोल्न मन नगर्नुको कारण छ। बदलिनुपर्नेहरु बदलिँदैनन्,  बदलिन दबाब दिनेहरु 'वकिल' भएका छन्। यहीँनेर पूर्ववक्ता एकीकृत समाजवादीका नेता माधव नेपालको भनाइप्रति बेखुसी प्रकट गर्दै कार्यक्रममा बसेको भए 'वाद-विवाद' जस्तो पर्ने बताए। एमसीसी व्याख्यात्मक घोषणासहित पास गरेको नेपालले बताएका थिए। त्यसमा श्रेष्ठको असन्तोष थियो,  'नेपालजीले कस्तो विवेक पुर्‍याएर व्याख्यात्मक घोषणासहित एमसीसी पारित भयो भनेर जानुभयो। उहाँ गइसक्नुभयो। कसलाई भन्नु? के भन्नु?'

कार्यकर्ता 'वकिल' जस्ता  
उनले नेताहरुप्रति तीतो पोख्ने क्रममा नीति, आचरणमा प्रभाव पार्ने र निर्णय गर्नेहरु बदलिन तयार नभएको बताए। 'बदलिन दबाब दिनेहरु पार्टीको र नागरिक समाजकका बौद्धिक भन्नेहरु एकएक दलको झन्डा बोकेर वकिल भएका छन्,' उनले दर्शकतिर औँलो सोझ्याउँदै थपे,  'तपाईंहरु पनि वकिल हुनुहुन्छ। धेरैजना यहाँ पाँचदलीय गठबन्धनका वकिल हुनुहुन्छ। धेरैजना एकीकृत समाजवादीका वकिल हुनुहुन्छ।'

'वकिल'को अर्थ खुलाए- मुद्दा आएपछि ज्यानमारा नै होस्, बलात्कारी नै होस् पक्षमा बहस गरिहाल्छ। वकिलले पैसा लिएर गर्छ। अदालतमा गर्छ। 

उनले वकिलको पेशा भएकाले 'धन्दा' चलाउन दिन भने। तर बौद्धिकवर्ग र कार्यकर्ताको 'वकिलीकरण'मा उनको चित्त दुखाइ थियो।  तीतो पोख्ने क्रम जारी रह्यो, 'आफ्ना पार्टीका नेताले के भन्छ? गुटका नेताले के भन्छ? गठबन्धनका नेताले के भन्छ? त्यही भन्यो, त्यसैको पक्षमा झन्डा उठायो। हुन्छ त्यसरी? कोही ठिकलाई ठिक भन्ने र बेठिकलाई बेठिक भन्ने साहस गर्न तयार छैन। बन्छ के?'

युवामाथि पनि उस्तै गुनासो
नेता श्रेष्ठ पार्टीहरुभित्र ठूलै विचारको बहस जरुरी रहेको निष्कर्षमा पुगेका छन्। अहिले जसरी पार्टीहरु चलेका छन्, त्यसले कहीँ नपुर्‍याउने उनलाई लाग्न थालेको छ। आफू अहिले विचार, बहस र अन्तर्वार्ताबाट टाढिनुको कारण आफैंले प्रस्तुत गर्दै गए। 

अब विचारधारात्मक सांस्कृतिक आन्दोलन जरुरी भएको छ। पार्टीका नेता बदलिउन्। पार्टीहरु बदलिउन्,' उनले भने, 'सामान्य ढंगले बोलेर मात्रै हुनेवाला छैन। के गर्ने हो के, गर्ने के हो? ठूलै आन्दोलन चलाउनु जरुरी छ। एक प्रकारले माओको सांस्कृतिक क्रान्ति जस्तो। तरिका वा रुप फरक गरेर ठूलो मुभमेन्ट कम्युनिस्ट पार्टीमा वा नेपालका पार्टीमा नचलाई जति ठूला कुरा गरे पनि लागू हुनेवाला छैन।'

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी कार्यकर्ता र नागरिक समाजका मान्छेहरु आलोचनात्मक चेतयुक्त र देशभक्त नागरिक बन्न अहिलेकै अवस्थामा गाह्रो हुने बताए।

त्यसपछि उनीबाट युवाप्रतिको असन्तुष्टि सुरु भयो। उनले आक्रोश भावमा भने,  'युवा भन्ने त कस्तो छ भने आफ्नै बलबुतामा नेतृत्व फेर्ने र गर्ने साहस छैन। कुन गुटको कुन नेताको फेरो समातेर पदमा पुग्ने हो। कुन कमिसनखोरको फेरो समातेर जीवन सम्पन्न गराउने भन्नेमा छ। युवा पनि कहाँ पुग्यो, कहाँ पुग्यो?'

विषय प्रवेश फेरि असन्तुष्टि नै
भूमिकामै लामो समय खर्चिएपछि उनी कार्यक्रमको विषय 'विश्वको भू-राजनीतिक तनाव र नेपालको परिस्थिति'मा आइपुगे। वर्तमान तनावका तीन कारण बुँदागत राखे।

उनका अनुसार पहिलो कारण हो-  एक साम्राज्यवादी अमेरिका खस्किने अवस्थामा छ। कसरी महाशक्ति रहने भनेर नीत, योजना र कदम चाल्दैछ। त्यसको विरुद्धमा दोस्रो अर्थतन्त्रबाट पहिलो अर्थतन्त्रतर्फ बढिरहेको चीन छ। ऊ शक्तिमा पनि पहिलो हुने चरणमा छ। विश्व अन्तरविरोध मुख्य कारण यो हो। यो शितयुद्ध बन्ने खतरा रहेको बताउँदै नेपाल त्यसको 'इपीसेन्टर' बन्ने आशंका रहेको बताए।

दोस्रो कारण, साम्राज्यवाद र त्यसको विरोधी आन्दोलन रहेको बताए तर त्यो त्यति सशक्त  नभएको उनको बुझाइ छ। तेस्रो, अमेरिकी नेतृत्वमा अघि बढिरहेको पुँजीवाद र त्यसका विरुद्धको समाजवादी आन्दोलन रहेको उनको ठहर छ तर यो पनि बलशाली नभएको उनी बताउँछन्।

नेपाल भूरणनीतिक कारणले बढी प्रभावित हुने उनी बताउँछन्। विश्व शक्तिको दौडमा रहेको चीनको छिमेकी र एसियामा प्रभावशाली रहेको भारतको छिमेकी हुँदा तनाव बढी हुने बताए।

फेरि नेताहरुप्रति नै असन्तुष्टि
भूराजनीतिक तनाव नेपालको कमजोर लोकतन्त्र र राजनीतिक नेतृत्वको कमसल गुणस्तरले बढाउने उनको बुझाइ छ। 'हाम्रो लोकतन्त्र कमजोर छ। राजनीतिक नेतृत्वको गुणस्तर राम्रो देखिएन,' उनले भने, 'अर्को कुरा हाम्रो अर्थतन्त्र पनि कमजोर छ। नेतृत्वको गुणस्तरमा कमी आएका कारण चुनौती थपिएको छ।'

उनले नेताहरुको वैचारिक सांस्कृति स्खलनको समस्या रहेको बताउँदै देशप्रतिको निष्ठामाथि समेत प्रश्न गरे। आलोचनाको  तीव्रता बढाए,  'हाम्रो तात्कालीन राजनीतिक स्वार्थबाट प्रेरित समस्या हो। त्यसकारण चुनौती थपिएको छ। वैचारिक अस्पष्टता समेत पैदा भएको छ।'

राष्ट्रिय पुँजीको विकास गर्न अघि बढ्नुपर्नेमा पश्चिमा पुँजीवादी मोडलबाट अघि बढ्न खोजिएको उल्लेख गरे। समाजवादउन्मुख नभई विश्व अर्थतन्त्रले ल्याएका चुनौती सामना गर्ने सम्भव नरहेको उनको भनाइ छ। 'वामपन्थीले सरकार चलाउँदा नवउदारवादी नीतिको कुनकुन बुँदामा विरोध गर्‍यौं? कु-कुन लागु नगर्ने भन्यौं?,' उनले तीतो पोख्दै गए,  'हाम्रो देश आफैं निर्णय गर्न सक्दैन। नवउपनिवेश स्वीकार गरिसकेको छ।'

के गर्ने अब?
श्रेष्ठले दर्शकदीर्घातर्फ प्रश्न गरे- के गर्ने त अब?

आफ्ना कुरा दर्शकलाई 'चित्त परेको' महसुस भएपछि श्रेष्ठले भाउ खोजे- सुन्न तयार हुनुहुन्छ भने भन्छु। भाषण गर्न नपाएर भाषण गर्ने हो र? समय र श्रमको त्यत्रो कुरा गरियो, किन बर्बाद गर्ने? मेरा कुरा टायरमा गुच्चा हानेजस्तो यतै फर्किने हो भने किन भन्नु?'

दर्शकले एकस्वरमा भने- कुरा सुन्न तयार छौं
श्रेष्ठले राजनीति सफा नगरी केही नहुने भन्‍दै अर्को चरणको असन्तुष्टि सुरु गरे। 'हरेक पार्टीमा, विशेषगरी कम्युनिस्ट आन्दोलनमा शुद्धीकरण चलाउनुपर्छ। त्यो सम्भव भएन भने कुरेर बसेर हुँदैन। पहिलो सफाइ अभियान चलाउनुपर्छ। राजनीति सफा नगर्ने राष्ट्रियताका कुरा गरेर हुन्छ?'

उनले राजनीति सफा गरे मात्रै देश बन्ने बताए। सरकार जाने तथा पद जाने चिन्ताले राष्ट्रियता संकटमा परेको उल्लेख गरे। राजननीति सफा गरेपछि देशभक्ति आन्दोलन चलाउनुपर्ने बताए। यसका लागि तत्कालीन स्वार्थ तपसिलमा राख्न सक्ने हिम्मत जरुरी हुने बताए।

'राजनीतिक स्वार्थका निम्ति विदेशी हस्तक्षेप स्वीकार्ने वा आमन्त्रण गर्ने काम बन्द गर्नुपर्छ। आफूलाई भएचाहिँ वातावरण मिलाउने भन्ने?' उनले प्रश्न गरे।

पार्टी चलाउने वा चुनाव लड्न विदेशीको पैसा लिन नेताहरुले बन्द गर्नुपर्ने बताउँदै आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि विदेशी सरकार र राजदूतबाट सहयोग लिन बन्द गर्नुपर्ने बताए।

उनी थप अघि बढे,  'छोराछोरी वा नातेदारलाई छात्रवृत्ति दिलाउन दूतावास धाउन बन्द गर्नुपर्‍यो। यति गरौं न। हामी वस्तुनिष्ठ रुपमा जाँदा हामीलाई कमजोर बनाइरहेका यी कुरा छाड्नुपर्‍यो।'

आफूतिर चारऔंला फर्काएपछि फेरि कार्यकर्तातर्फ चोरऔँलो सोझ्याए-  देशभक्त नागरिक बनौं। पार्टीमा हुनुपर्छ तर त्यसको पनि एउटा सीमा हुन्छ नि। अन्धसमर्थक ठिक छैन  र अन्धविरोधी पनि ठिक हैन। 
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नाडाबाट राहतस्वरूप नगद सहयोग प्रदान
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति
सशस्त्र प्रहरीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख, मृतक कर्मचारिका परिवारलाइ पनि राहत रकम दिइने
सम्बन्धित सामग्री
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह बिहीबार बसेको पार्टी सचिवालय बैठकले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थाबारे करिब तीन घण्टा गम्भीर समीक्षा गरेको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
नाडाबाट राहतस्वरूप नगद सहयोग प्रदान बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार, भदौ १८, २०८३
सशस्त्र प्रहरीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख, मृतक कर्मचारिका परिवारलाइ पनि राहत रकम दिइने बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट बिहीबार, भदौ १८, २०८३
रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्