काठमाडौं– भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
रिद्धि सिद्धि सिमेन्टले ५१ लाख र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ कोषमा जम्मा गरेका हुन् ।
रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले दुवै कम्पनीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्नु सबैको दायित्व भएको जनाएको छ ।
कम्पनीले विपद्को समयमा उद्धार, राहत, सुरक्षा तथा स्वास्थ्य सेवामा खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन र स्वास्थ्यकर्मीलगायत सबैप्रति आभार व्यक्त गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।