काठमाडौं–मिटरब्याजीलाई कारबाहीको माग गर्दै आइतबार सिरहामा प्रदर्शन भएको छ। मिटरब्याजीहरुबाट आफूहरु पीडित भएकाे भन्दै उनीहरुले कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन गरे।
सम्रिका महतो, श्रद्धादेवी साह, गीता देवीलगायत मिटरब्याजीबाट दर्जनौं व्यक्ति पीडित भएको उनीहरुको आरोप छ। मिटरब्याजीका कारण घरबारविहीन समेत हुनु परेको उनीहरुको गुनासो थियो।
गृह मन्त्रालयले मिटरब्याजीलाई कारबाही गर्न निर्देशन दिए पनि कारबाही नभएको गुनासाे उनीहरुकाे छ।मिटरब्याजीहरुबाट पीडित बनेकाहरुलाई संगठित गर्ने नेतृत्व गरिरहेका मनोज पासवानले भने पीडकसँगको मिलमेतामो सिडिओले मुद्दा दर्ता नगरेको आरोप लगाए ।
यसैगरी आन्दोलनमा सहभागी संघर्ष दाहालले पनि तत्कालै मिटरब्याजीहरुलाई कानूनी कठघरामा ल्याउनुपर्ने बताउँदै नल्याएसम्म आन्दोलन जारी रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।