काठमाडौं– झापामा एउटा रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
कचनकवल गाउँपालिकास्थित बल्लेगाउँमा रहेको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता वसन्त पाठकले मृत भेटिएकाहरुको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको नेपाल लाइभलाई जानकारी दिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा आत्महत्या गरेको हुनसक्ने बताएको छ। तर यसको यकिन पुष्टि भने भइसकेको छैन।
उनीहरु तीनै जना शनिबार दिउँसोदेखि घरबाट वेपत्ता भएको परिवारले बताएका छन्। मृत भेटिएका तीनै जना चिया बगानमा काम गर्दै आएकाहरु रहेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।