काठमाडौं–गृहमन्त्रालयले १६ सशस्त्र प्रहरी अधिकृतलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरेको छ।
बढुवा समितिको यही साउन ६ गतेको निर्णयअनुसार उनीहरुलाई बढुवा सिफारिस गरेको हो। सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिनसक्ने बढुवा समितिको सचिवालयले जनाएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।